म्याग्दी – सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन्। जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन्। आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा ढिलाइ भएको छ। घर बनाउँदा लागेको ऋणले तनाव बनाएको बेनी नगरपालिका-६ डम्मराकी […]
जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले समयमा अनुगमन नगर्दा दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले घर निर्माणका लागि दोस्रो/तेस्रो किस्ता पाउन सकेका छैनन् । आवास पुनर्निर्माण भइसके पनि राज्यले दिने भनी सम्झौता भइसकेको रकम निकासा नभएको भन्दै पीडित आन्दोलनमा उत्रेका छन् ।
भूकम्प गएको आठ वर्ष पूरा हुँदासम्म काभ्रेमा रहेका करिब एक हजार तीन सय भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट पाउनुपर्ने तेस्रो किस्ताबापतको अनुदानको रकम पाउनबाट वञ्चित भएका छन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विघटन, निजी आवास पुनर्निर्माणका लागि स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइमा कर्मचारी व्यवस्थापन तथा बजेट अभावका कारण घर निर्माण गरिसकेका भूकम्पपीडितले तेस्रो किस्ताबापतको अनुदान रकम नपाएका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताले गत साउनयता भूकम्पपीडितको किस्ता रकम निकासी रोकिएको छ । चालु वर्षको झण्डै ६ महिना वित्दासम्म घर निर्माणको सबै प्रक्रिया पूरा गरेका पीडितले किस्ता लिन पाएका छैनन् । ऋण गरेर घर बनाएका झण्डै २ हजार भूकम्पपीडित किस्ता रोकिँदा झनै पीडित बनेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताले गत साउनयता भूकम्पपीडितको किस्ता रकम निकासी रोकिएको छ । चालु वर्षको झण्डै ६ महिना वित्दासम्म घर निर्माणको सबै प्रक्रिया पूरा गरेका पीडितले किस्ता लिन पाएका छैनन् । ऋण गरेर घर बनाएका झण्डै २ हजार भूकम्पपीडित किस्ता रोकिँदा झनै पीडित बनेका छन् ।
वैशाख २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–११ का सुमन सापकोटाले गएको पुस महीनामै घर निर्माण सम्पन्न गरिसकेका छन् । इटा सिमेन्टको जडाइ गरिएको सो घर निर्माण गर्न उनले ५ लाखभन्दा धेरै रकम खर्च गरे । सो मध्ये इट्टा र सिमेन्टको पैसा उधारो राखेर घर निर्माण गरेका उनले तेस्रो किस्ता नआँउदा सो रकम तिर्न सकेका छैनन् ।
‘साहुले पैसा चाहियो भनेर दिनकै भन्न थालिसकेका छन्,’ सापकोटाले भने ‘अन्तिम किस्ता बापतको ५० हजार रुपैयाँ आएपछि तिरौंला भनेर कुरिरहेको छु ।’ सापकोटाजस्तै घर निर्माण सकिएको तर अन्तिम किस्ता प्राप्त गर्न नसकेकाहरुको संख्या सिन्धुपाल्चोकमा ४११ रहेको छ । भूकम्प पीडितले पाउनु पर्ने आवास निर्माणको अनुदान किस्ता रकम रोकिँदा उनीहरु मारमा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर बसेका उनीहरुले अहिलेसम्म किस्ता प्राप्त गर्न नसक्दा समस्यामा परेका हुन् ।
गत फागुन मसान्तमा भुक्तानी दिएपछि चैत १ गतेबाट किस्ता रोकिएको हो । अनुदानको लागि पीडितले निवेदन दिएर सो फाइल अन्तिम भुक्तानीका लागि चेक बन्ने प्रकृयासम्म पुग्न एक महीनाभन्दा बढी समय लाग्छ । यसरी फागुन मसान्तपछि किस्ता रोकिँदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म अनुदान बापतको रकम पाउन सकेका छैनन् ।
पुनर्निर्माण प्राधिकारण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा नीजि आवास) सिन्धुपाल्चोकका सूचना अधिकारी रविराज धितालका अनुसार अर्थ मन्त्रालयबाट निकासा रोकिँदा भूकम्प पीडितहरुले रकम पाउन सकेका छैनन् । ‘हामीले सबै प्रकृया सकेर अन्तिम भुक्तानीका लागि फाइल तयार गरेका राखेका छौं,’ धितालले भने ‘तर अर्थ मन्त्रालयबाट बजेट निकासा रकम नआँउदा हामीले भुक्तानी दिन सकेका छैनौं ।’ किस्ता रोकिएपछि हरेक दिन लाभग्राहीले मेरो किस्ता किन रोकियो भनेर फोन गर्ने गरेको र कोही कोही लाभग्राही, जनप्रतिनिधि त कार्यालयमै आएर दबाब दिने गरेको धितालले बताए ।
उनका अनुसार चैत महीनादेखि अहिलेसम्म दोस्रो किस्ता भुक्तानीका लागि योग्य भएका तर नपाएका लाभग्राहीको संख्या १ हजार ७७ छ । कुल ९१ हजार १२ जना लाभग्राही भएको सिन्धुपाल्चोकमा ९८ हजार ४४० जनाले अनुदान सम्झौता गरी ८९ हजार ४३८ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएका छन् । उनीहरुमध्ये ८६ हजार १७९ ले दोस्रो किस्ता बापतको १ लाख ५० हजार र ७९ हजार ९८७ जनाले तेस्रो किस्ता बापतको ५० हजार गरी अनुदान बापतको पूरै ३ लाख रुपैयाँ बुझिसकेका छन् ।
पहिलो किस्ता लिएका तर घर निर्माण नगरेका १३८ लाभग्राहीले भने सो रकम समेत फिर्ता गरेका छन् । जिल्लाभर आवास निर्माणका लागि कतै सुरक्षित जग्गा नभएका ९२० लाभग्राहीमध्ये ३९४ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेको कार्यालयको तथ्यांक छ । त्यस्तै कतै जग्गा नभएका १७७ लाभग्राही मध्ये ८२ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेका छन् । त्यसैगरि कार्यालय मार्फत १५ ओटा गुम्बा निर्माण काम भइरहेको छ ।
आगामी असार मसान्तबाट पुनर्निर्माण प्राधिकरण अन्तर्गतका सबै कार्यालयहरु खारेज हुँदैछन् । सो कार्यालय खारेज भएपछि पुनर्निर्माणको स्वमित्व कसले लिने भन्ने विषय अझैपनि टुंगो लाग्न सकेको छैन । यो असहज समयमा छिटोछिटो पुनर्निर्माण सक्नुपर्नेमा एकतिर निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले किस्ता बापतको रकम पाएका छैनन् भने पुनरावेदनमार्फत नयाँ लाभग्राही थपिने क्रम पनि जारी छ । यस्तो अवस्थामा छिटो भन्दा छिटो पुनर्निर्माण सम्पन्न गर्नु पर्नेमा मन्त्रालयबाट निकासा रोकिँदा पुनर्निर्माण नै अन्यौलमा परेको छ ।
‘पुनर्निमाण प्राधिकारणले असार मसान्तसम्म पुनर्निर्माण गरिसक्न दबाब दिइरहेको छ’, धितालले भने ‘तर बजेट भने रोकिराखिएको छ ।’ पहिलो किस्ता पाएर आवास निर्माण शुरु गरेका कतिपय लाभग्राहीको दोस्रो किस्ता नपाउँदा आवास निर्माण सम्पन्न हुन नसकेको उनले सुनाए । जसोतसो निर्माण सम्पन्न गरेका लाभग्राही समेत किस्ता रोकिएकै कारण चर्को ब्याजमा ऋण लिन बाध्य छन् ।
गोरखा भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका उनले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन्।दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापद...
म्याग्दी : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ। प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन्।
जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३-७४ मा जिल्लामा ८६८...