जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले समयमा अनुगमन नगर्दा दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले घर निर्माणका लागि दोस्रो/तेस्रो किस्ता पाउन सकेका छैनन् । आवास पुनर्निर्माण भइसके पनि राज्यले दिने भनी सम्झौता भइसकेको रकम निकासा नभएको भन्दै पीडित आन्दोलनमा उत्रेका छन् ।