वीरगन्ज। मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्व विधिवत रुपमा आज शनिबारदेखि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज ब्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दै छन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन […]