विराटनगर : विराटनगर बजारमा छठ पर्वको रौनक छाएको छ। छठको दिन चाहिने पूजा सामग्री किनमेल गर्ने श्रद्धालुको भीड बजारमा बढ्न थालेको छ।नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने पर्वका लागि बजारमा सामान खरिद गर्नेहरूको अहिले घुइँचो लाग्न थालेको हो।भक्तजनहरू विराटनगरको पुरानो गुन्द्री बजार र नयाँ गुन्द्री बजारमा छठ पूजाको सामान किनमेल गर्न आउने गरेका छन्। छठ पूजाका लागि आवश्यक सामान चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन्।यो पर्वमा फलफूल, केरा, हल्दीको बोट, अदुवाको बो