विराटनगरमा छठको रौनक, तस्बिरमा हेर्नुहोस्

तराईमा हर्षोल्लासका साथ मनाइने छठपर्वको रौनक छाएको छ । छठ पूजाका लागि उपभोक्ताहरू आवश्यक सामग्रीलगायत किनमेल गर्न व्यस्त छन् । अहिले विराटनगका मुख्य बजार क्षेत्रमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देख्न सकिन्छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बो