पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । दैनिक कम्तीमा ५ हजार बोरा पठाउन सकिने पाल्पा सिमेन्ट उद्योगले जनाएको छ । बजेटमार्फत सरकारले निकासीको वातावरण बनाएपछि पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निकासी सुरु गरेको हो ।