सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा […]