मौद्रिक नीतिको समीक्षापश्चात लगातार तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ ।
गत शुक्रवार भएको मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजारसम्बन्धित कुनै पनि माग सम्बोधन नभएपछि लगानीकर्ता निराश बनेका छन् ।
जसका कारण आइतवार, सोमवार गिरावट आएको शेयर बजारमा मंगलवार पनि गिरावट नै भएको छ ।
मंगलवार शेयर बजार मापक नेप्से परिसूचक २.२७ अंकले घट्दै २६२७.७४ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४९५.८५ विन्दुमा पुगेको छ ।
कुल २ सय २५ कम्पनीको ६३ लाख ९४ हजार ८ सय १ कित्ता शेय...