पक्की पुल नहुँदा समस्या बेहोर्दै आएका पाल्पा कचल गाउँका झन्डै ३ सय परिवार वर्षायामका लागि निर्माण गरेको काठेपुलसमेत खोलाले बगाएपछि थप समस्यामा परेका छन् । एक महिनाअघि मात्र गाउँपालिकाको सहयोगमा स्थानीयले मर्मत गरेको पुल केही दिनदेखिको भीषण वर्षासँगै खोलामा बाढी आएर क्षति पुगेको हो ।