काठको पुलबाट खसेर मृत्यु

डोटी : काठेपुलबाट सेती नदीमा खसेर बिहीबार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन्। उनको  सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेतीको पुलबाट खसेर मृत्यु भएको हो।अधिकारी रोपाइँका लागि सिगास–७ साङडा आउँदै गर्दा सेतीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिए। सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थ

सम्बन्धित सामग्री

तिला नदीले बगाउँदा एक बालिका बेपत्ता

जुम्ला – जुम्लाको तिला नदीमा खसेर एक बालिका बेपत्ता भएकी छन् । तीन दिनअघि गुठीचौर गाउँपालिका २ को चुच्चेबगर भन्ने ठाउँमा काठको सानो काठको पुल तर्दै गर्दा नदीमा खसेर गुठीचौर ३ का मानबहादुर बुढाकी छोरी नाै वर्षीया सुस्मिता बेपत्ता हुनुभएकाे प्रहरीले जानकारी दिएको छ । जङ्गलमा काठे ओखर टिप्न भनेर चार जना गएकामध्ये एक बालिका नदीमा पुल तर्ने क्रममा खसेर बेपत्ता भएकी हुन् ।  गुठीचौर झारज्वाला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठका अनुसार गज्याङकोट, मणिसागु प्रहरी चौकी, अस्थायी प्र...

काठको पुल बनाउने क्रममा खसेर एकजनाको मृत्यु

१० चैत, काठमाडौं । मुगुको मुगम कमारोङ गाउँपालिका–५ सेरोकघाटमा काठको पुल बनाउने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । काठको पुलबाट खसेर ३१ वर्षीय छिरिङ तन्दुप लामाको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँस्थित …