मनाङमा बाढीले पुल बगाएको स्थानमा दुईवटा काठेपुल निर्माण

काठमाडौं। केही दिन अघि बाढीले मनाङको चामे गाउँपालिकामा रहेको पुल बगाएपछि त्यहाँ दुईवटा अस्थायी काठेपुल निर्माण गरिएको छ। नेपाली सेनाले नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा सो पुल निर्माण गरेको हो। “चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुईवटा अस्थायी काठेपुल निर्माण गरेको छ,”सेनाले बताएको छ।

सम्बन्धित सामग्री

झोलुङ्गे पुल निर्माण गर्न माग

काठमाडौँ,२ माघ । लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् । विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पु¥याएको थियो । तत्काल आवागमन सञ्चालन गर्न निजी स्तरबाट काठेपुल निर्माण समेत गरिएको थियो । पछिल्लो समय सो काठेपुलसमेत […]

उधारोमा बन्यो कर्णालीमा पुल!

सुर्खेत : पुल निर्माण सम्झौतापूर्व नै  हुम्लाको लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन्।पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन। हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयवासीले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन्।नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँ जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णा

उधारोमा बन्यो कर्णालीमा पुल

पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँलाई जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णाली नदीमा काठेपुल निर्माण

बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण

जुम्ला – गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी, नेपालीसेना, नेपाल प्रहरीको सहयोगमा पुल निर्माण गरी सञ्चालनमा आएको छ । सो गाउँपालिकाको पहलमा काठेपुल निर्माण गरिएको हो । पुल बगाएर यस क्षेत्रमा यातायात प्रभावित भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएपछि गुठीचौर […]

बाढीले काठेपुल बगाएपछि आवतजावत ठप्प

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ।पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए। औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि  त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्

नाउलीगाड खोलामा पुल निर्माण, काठेपुल तर्ने स्थानीयलाई राहत

मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । झण्डै ८६ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण भएको पुल ८२ मिटर लामो छ ।

जीर्ण काठेपुल निर्माण गर्दै स्थानीय (फोटोफिचर)

मनाङ, २६ फागुन । मनाङ ङिस्याङ गाउँपालिका सब्जे खोलामा राखिएको काठेपुल जीर्ण भएसँगै मनाङ ङिस्याङ गाउँपालिकाले आफैँ निर्माण गर्दै । उक्त खोलामा रु दुई करोड लागतमा पक्की मोटर पुल निर्माण गर्ने जिम्मा पाएको द क्याराभान कन्सल्टेन्सीले काम अलपत्र बनाएपछि काठको पुल निर्माण गरिएको छ । यस पुलले माथिल्लो मनाङलाई सवारी आवगमनमा सहज बनाएको छ । […]

काठेपुल बनाएरै गाउँगाउँमा पुर्‍याइँदै छ मोटर

फुङ्लिङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरिएसँगै गाउँ–गाउँमा यातायात सेवा पुगेको छ । फक्ताङ्लिङ गाउँपालिका भौगोलिका हिसाबले ठूलो, विकट र हिमाली क्षेत्रमा पर्दछ । तमोर नदीको दुई किनारमा यो गाउँपालिका विभाजित भएको छ । वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं […]

हजुरबुवाको सम्झनामा खोलामा काठेपुल

रुकुम पश्चिम – आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा जिल्लाको विकट गाउँमा पुल निर्माण गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५ गोतामकोटमा पर्ने घट्टेखोलामा काठेपुल निर्माण गरिएको हो ।स्थानीय भण्डारी गाउँका लालबहादुर भण्डारीले आफ्नो स्वर्गीय हजुरबुवा प्रवीर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल बनाउनुभएको हो । घट्टेखोलामा बर्खाको समयमा स्थानीयलाई वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको भण्डारीले बताउनुभयो । यसअघि बनाइएको लाप्को खोलाले बगाएपछि वारपार गर्न गाउँवासीलाई सास्ती भएको थियो । अब पुलसँगै बार समेत लगाइए...

समानतडामा ‘स्टिल ट्रस पुल’ निर्माण

जुम्ला-कात्तिक महिनाको पहिलो साता आएको बेमौसमी अविरल वर्षापछिको बाढीले तातोपानी गाउँपालिका–७ सर्मीस्थित समानतडाको काठेपुल बगायो । पुल बगेपछि करिब पाँच गाउँका नागरिकको आवतजावत प्रभावित भएको थियो । तर पूर्वाधार विकास कार्यालयले भने बाढीले काठेपुल बगाएको दुई महिना नपुग्दै समानतडामा ‘स्टिल ट्रस ब्रिज’ निर्माण सम्पन्न गरेको छ ।उक्त ‘स्टिल ट्रस ब्रिज’ पुलको बुधबार पूर्व पशुपन्छी विकास […]