डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने चुँ गाड खोलाको काठेपुल खोलाले बगाएको छ । दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ...
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका९५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी । बाढीले गत जेठ ३२ गते मोटरेवल काठेपुल बगाएपछि सदरमुकाम फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका क्षेत्रमा आवतजावत गर्न सहज होस् भनी उनीहरुले अस्थायी पुल बनाउन थालेका हुन ।
भदौ २४ गते रातिको बाढीले लास्कु खोलाको पुल बगाएपछि दुहु र ब्यास गाउँपालिकाबीच बन्द भएको आवतजावत अस्थायी पुल निर्माणसँगै सहज भएको छ । पुल बगाएको ६ दिनपछि लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गरेपछि दुवै गाउँपालिकाबीच आवतजावत सहज भएको हो ।
सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ।पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए। औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्
बैतडी– कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि स्थानीयहरूले २ ओटा काठेपुल निर्माण गरेका हुन् । नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ […]
काठमाडौं। केही दिन अघि बाढीले मनाङको चामे गाउँपालिकामा रहेको पुल बगाएपछि त्यहाँ दुईवटा अस्थायी काठेपुल निर्माण गरिएको छ। नेपाली सेनाले नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा सो पुल निर्माण गरेको हो। “चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुईवटा अस्थायी काठेपुल निर्माण गरेको छ,”सेनाले बताएको छ।
साउन २२ । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको...