मनाङीका दुःख : जेठको बाढीले पुल भत्काएपछि यातायात अवरुद्ध, ज्यानको बाजी लगाएर फड्के तर्दै यात्रु

आङै सिरिंग हुने डरलाग्दो बाटो पार गर्दै जानुपर्ने हिमालपारिको जिल्ला मनाङमा भएका काठेपुल पनि बाढीले बगाएपछि स्थानीयलाई फड्केकै भर गत १३ जेठमा अविरल वर्षासँगै आएको बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङ छहरामा...

सम्बन्धित सामग्री

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

म्याग्दी । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो ।  करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।  धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको छ । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको छ ।  करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान त रोकिएको छ । सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको  छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । 'फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ' उनले भने, 'ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।' स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताए । 'फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ,' उनले भने, 'पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन ।' रासस

डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो भुइँमा बिरामी (भिडियो रिपोर्टसहित)

जीवन बचाउन डायलाइसिस अनिवार्य छ, तर अस्पताल जान यातायात अवरुद्ध छ । बिरामीलाई अस्पताल आउन–जान केन्द्र, प्रदेश र स्थानीय तहले कुनै व्यवस्था गरेका छैनन् । दुःख झेल्दै अस्पताल पुगेका बिरामीले समयमै सेवा पाउँदैनन्,...