बाढीले क्षति पु¥याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन

काठमाडौँ,१९ साउन । गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । ‘पुल खोलामा आएको बाढीले […]

सम्बन्धित सामग्री

पहिरोले क्षति पुर्‍याएको झोलुंगे पुल पाँच वर्षदेखि अलपत्र

सिमकोट – ०७६ सालमा आएको पहिरोले क्षति पुर्‍याएको सर्केगार्ड गाउँपालिका– २ को रिपगाड खोलामा निर्माण भएको झोलुंगे पुल अलपत्र छ। वडा, गाउँपालिका र अन्य सरोकारवाला निकायले मर्मत गरेर सो पुललाई सञ्चालन ल्याउनेतर्फ ध्यान नदिँदा हालसम्म अलपत्र अवस्थामा रहेको हो। सोही वडाको ल्याप्चेमा होटल व्यवसाय गर्दै आएका रतन फडेराले पुल अलपत्र अवस्थामा रहेको सबैले देख्ने गरेको […]

कतै छैन पुल, कतै भने पुुलमाथि पुुल निर्माण !

सिमकोट – कतिपय स्थानमा आवश्यक भएको स्थानमा झोलुंगे पुुल निर्माण हुन नसकेको समयमा कतै भने पुुलमाथि पुुल निर्माण भएका छन्। मर्मत गरे हुुने खार्पुनाथ गाउँपालिका– ४ र ५ को सिमाना खार्पुको नल्नमा कर्णाली नदीमाथि पुुलमाथि पुुल निर्माण गरिएको हो। पैदल यात्रुु बिरबहादुुर रावलले खार्पुको नल्नमा मर्मत गरेर पुुललाई राम्रोसँग सञ्चालन गर्न सकिने अवस्था रहेको भए […]

बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालन

म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवतजावत बन्द गरिएको थियो । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि शुक्रबारदेखि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिए । &ldq

नेपाल–भारत सीमानाका बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले आज साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यसैबीच दुवै देशका सुरक्षा निकायले आज पुलको अवलोकन तथा निरीक्षण गरेका छन् । वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको

मीरगञ्ज पुल आंशिक सञ्चालन

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहास्थित परमाणा नदीको पुल बिहीवारदेखि सञ्चालनमा आएको छ । निर्माणाधीन नयाँ चार लेनको पक्की पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका छन् । पुरानो बेलिब्रिज पुसमा भासिएपछि जोगवनीबाट विराटनगर भन्सार आउने सामग्री सुनसरीको भण्टाबारी नाका हुँदै ल्याउने गरिएको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्ज पुल जीर्णोद्वारको लागि गरिएको पहल सार्थक भएको प्रतिक्रिया दिए । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रूपमा सञ्चालनमा आएको संघका अध्यक्ष रिजालले जानकारी दिए । मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारीसाधन व्यवस्थापन अब सहज हुने अपेक्षा राखिएको छ । गत पुसमा पुरानो पुल भत्किएपछि सुनसरीको भण्टाबारीस्थित सेतुबन्ध नाकाबाट मालवाहक सवारी रि–रुट गर्ने गरिएको थियो । १६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी–व्यवसायीलाई हैरान दिँदै आएको छ । पुरानो जीर्ण अवस्थाको पुललाई मर्मत गर्दा पनि दीर्घकालीन रूपमा त्यसले समाधान दिएको छैन् । जसले गर्दा व्यवसायीहरू वर्षेनि झन्झट बेहोर्न बाध्य छन् । भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारीसाधनले मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भण्टाबारी नाका प्रयोग गर्दै आएका छन् । यसो गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपैयाँ थप व्ययभार बेहोर्नुपर्छ । पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतको सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिशनर लगायत नेशनल हाइवे अथोरिटी अफ इन्डियाका अधिकारीलाई आग्रह गरेका थिए ।

बाँके, बर्दियाका २२ पुल मर्मत हुँदै

बाँके । बाँके र बर्दियाका विभिन्न सडकमा सञ्चालन भएका दर्जनभन्दा बढी पक्की पुलको मर्मतसम्भार भइरहेको छ । बाँकेका १५ र बर्दियाका ७ गरी २२ पुलको मर्मतसम्भार भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि पूर्वमा शिवखोलासम्म बाँकेका १५ र बर्दियाका ७ गरी कुल २२ पुलको मर्मतसम्भार भइरहेको पुल योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।      उनका अनुसार पुलको जोडेको भाग, फुटेको र चर्केको स्थान, बेरिङ सफा गर्ने र ग्रिसिङको काम भइरहेको छ । पुराना र जीर्ण भएकाले पुल मर्मत आवश्यक भएको बताउँदै उनले मर्मतसम्भारपछि पुल अझै २० वर्षसम्म टिक्ने दाबी गरे । यी पुल आइआरसी क्लास ‘ए’ निर्माण भएका पुल भएको उनको भनाइ छ । पुल करिब ४० वर्ष पुराना भइसकेकाले मर्मतसम्भार गरिरहनुपर्ने अवस्था आएको छ । ४० वर्ष पुराना भए पनि यी पुलको आयु ५० देखि ७५ वर्ष रहेकाले मर्मतसम्भार गर्दै सञ्चालनमा ल्याउने काम भएको पुल योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले जानकारी दिए । भारतीय मापदण्डअनुसार निर्माण भएका पुराना पुलको क्षमता एकीन नभए पनि अधिक भारका सवारीसाधन सञ्चालन भएकाले पुलको आयु घट्दै गरेको उनको भनाइ छ । रासस

कंगोमा नेपाली सेनाले बनाइदियो सारी नदीको पुल (फोटोसहित)

काठमाडौं :  कंगोमा रहेको नेपाली शान्ति सैनिकले त्यहाँ जीर्ण अवस्थामा रहेको एउटा पुलको मर्मत पछि सञ्चालनमा ल्याएको छ। नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयबासिन्दाको आवत-जावत तथा फौजको हर्कत समेतमा बाधा परिरहेको सारी नदी माथि रहेको पुलको मर्मत गरेर सञ्चालन गरेको हो। कंगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले उक्त पुलको मर्मत गरेर सञ्चालनमा ल्याएको नेपाली सेनाले जनाएको छ।  मर्मत पश्चात् उक्त पुल मुनुस्को मिसनका डेपुटी स्पेशल रेप्रिजेन्टेटिभ्स&n

सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने

मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच(छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, &

मर्मत नहुँदा बाँकेका दर्जन बढी पुल जीर्ण

समयमा मर्मत सम्भारतर्फ ध्यान नदिँदा बाँके जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जन बढी पक्की पुल जीर्ण बन्दै गएका छन् ।