बाढीले काठेपुल बगाएपछि आवतजावत ठप्प

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ।पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए। औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि  त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्

सम्बन्धित सामग्री

बाढीले काठेपुल बगाएपछि कचल गाउँका ३ सय परिवारलाई सास्ती

पक्की पुल नहुँदा समस्या बेहोर्दै आएका पाल्पा कचल गाउँका झन्डै ३ सय परिवार वर्षायामका लागि निर्माण गरेको काठेपुलसमेत खोलाले बगाएपछि थप समस्यामा परेका छन् । एक महिनाअघि मात्र गाउँपालिकाको सहयोगमा स्थानीयले मर्मत गरेको पुल केही दिनदेखिको भीषण वर्षासँगै खोलामा बाढी आएर क्षति पुगेको हो ।

काठेपुलबाट यातायातको साधन सञ्चालन

काठमाडौँ,२८ मँसिर । गत असोजकोे अविरल वर्षासँगै आएको बाढीले भैँसेगौडामा निर्माण गरेको पक्कीपुल बगाएपछि स्थानीयवासीले आफूहरु आवतजावत गर्न र सवारीसाधन सञ्चालनका लागि निर्माण गरेको काठेपुल । तस्बिरः पुष्पराज भट्टराई/रासस

बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण

जुम्ला – गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी, नेपालीसेना, नेपाल प्रहरीको सहयोगमा पुल निर्माण गरी सञ्चालनमा आएको छ । सो गाउँपालिकाको पहलमा काठेपुल निर्माण गरिएको हो । पुल बगाएर यस क्षेत्रमा यातायात प्रभावित भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएपछि गुठीचौर […]

बाढीले क्षति पु¥याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन

काठमाडौँ,१९ साउन । गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । ‘पुल खोलामा आएको बाढीले […]

डोल्पामा बाढीले काठेपुल पुल बगाएपछि आवतजावत बन्द

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने चुँ गाड खोलाको काठेपुल खोलाले बगाएको छ । दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ...

काठको पुलबाट खसेर मृत्यु

डोटी : काठेपुलबाट सेती नदीमा खसेर बिहीबार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन्। उनको  सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेतीको पुलबाट खसेर मृत्यु भएको हो।अधिकारी रोपाइँका लागि सिगास–७ साङडा आउँदै गर्दा सेतीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिए। सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थ

बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर

बैतडी– कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि स्थानीयहरूले २ ओटा काठेपुल निर्माण गरेका हुन् । नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ […]

मनाङमा बाढीले पुल बगाएको स्थानमा दुईवटा काठेपुल निर्माण

काठमाडौं। केही दिन अघि बाढीले मनाङको चामे गाउँपालिकामा रहेको पुल बगाएपछि त्यहाँ दुईवटा अस्थायी काठेपुल निर्माण गरिएको छ। नेपाली सेनाले नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा सो पुल निर्माण गरेको हो। “चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुईवटा अस्थायी काठेपुल निर्माण गरेको छ,”सेनाले बताएको छ।

बाढीले काठेपुल बगाएपछि लिमीको तील गाउँ जाने सडक अवरुद्ध

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा बाढीले गाडी गुड्ने काठेपुल बगाएको छ । लगातारको वर्षासँगै आएको ढुङ्गासहितको बाढीले सो पुल बगाएको हो ।