काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने स्पष्ट पारेको छ । दशैँलाई लक्षित गरेर फुटपाथ व्यापारमा महानगर लचक भएको हल्ला फैलाइएकोप्रति ध्यानाकर्षण भएको भन्दै मेयर बालेन्द्र शाहले यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्नुभएको हो ।
फुटपाथ पैदलयात्रीका लागि मात्रै भएको नीति प्रभावकारीरूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै मेयर शाहले पैदलयात्रीका लागि पर्वका समयमा फुटपाथ अ...