बाँके घटनाले दुवै सदन अवरुद्ध

गत बिहीबार बाँकेको खजुरामा भएको जागरण सभामाथिको आक्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको छ । घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको प्रष्टीकरण चित्त नबुझेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेसका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिए । खाँणले कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरे ।

सम्बन्धित सामग्री

सदन अवरुद्ध गरेर सत्तामा पुग्ने सपना नदेख्न एमालेलाई कांग्रेसको चेतावनी

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन) ले संसद अवरुद्ध गरेर सत्ता प्राप्त गर्ने अभिलाषा नदेख्न चेतावनी दिएका छन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले सदन अवरुद्ध गरेर समस्याको समाधान नहुने भन्दै प्रतिपक्षी दल नेकपा एमालेलाई सदन अवरुद्ध गर्ने उजेण्डाबाट ब्याक हुन आग्रह गरेका छन् । उनले भने,‘झट्ट हेर्दा […]

एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने

काठमाडौँ – नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ। यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएकाे हाे। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ। दाहालले गत साेमबार प्रितम […]

केन्द्रदेखि प्रदेशसम्म किन गरिरहेको छ एमालेले सदन अवरुद्ध ?

काठमाडौं,१३ असार । ६ प्रदेशसहित केन्द्रीय सरकारमा समेत प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा एमालेले केन्द्रदेखि प्रदेशसम्म सबैतीर संसद बैठक अवरुद्ध गरिरहेको छ । सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको एमालेले ठिक उहीदिन गण्डकी प्रदेश र बागमती प्रदेश सभाको बैठक अवरुद्ध गर्यो । पटक पटकको प्रयासपछि […]

कर्णालीकाे सर्वदलीय बैठकमा सहमति नहुँदा सदन अवरुद्ध कायमै

सुर्खेत : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पहलमा प्रदेशसभामा बोलाएको सर्वदलीय बैठक निष्कर्ष विहीन भएको छ।मंगलबार नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले विभिन्न माग राखेर सदन अवरुद्ध गरेका थिए।अवरुद्ध सदन खुलाउनका लागि आज सभामुख शाहीले बोलाएको सर्वदलीय बैठकमा सहमति हुन नसकेकाे हाे। आज बिहान मात्र माओवादी संसदीय दलको बैठकले दलका नेता महेन्द्रबहादुर शाहीलाई वार्ता तथा सहमतिका लागि पहल गर्ने जिम्मेवारी दिएको थियो।सत्तारुढ दल भित्र नै असहमति बढे

लुम्बिनी प्रदेशसभा : एमालेद्वारा सदन अवरुद्ध, वली र शाहीलाई हटाउनुपर्ने माग

बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन नचलाउन दिन्नौं भन्दै नाराबाजी गरेका छन्। एमालेको अवरोधपछि सभा आधा घण्टाको लागि स्थगित गरिएको छ। नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका…

प्रदेश १ को अवरुद्ध सदन सुचारु

काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए । ओखलढुंगाबाट विजयी […]

मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ ।  प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको हो । बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रुपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आपत्तिजनक भएको बताए । सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहु...