सदन अवरुद्ध गरेर सत्तामा पुग्ने सपना नदेख्न एमालेलाई कांग्रेसको चेतावनी

काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन) ले संसद अवरुद्ध गरेर सत्ता प्राप्त गर्ने अभिलाषा नदेख्न चेतावनी दिएका छन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले सदन अवरुद्ध गरेर समस्याको समाधान नहुने भन्दै प्रतिपक्षी दल नेकपा एमालेलाई सदन अवरुद्ध गर्ने उजेण्डाबाट ब्याक हुन आग्रह गरेका छन् । उनले भने,‘झट्ट हेर्दा […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री केसीलाई विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमवार प्रदेशसभामा विश्वासको मत लिएका छन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।      प्रदेशसभामा रहेका कुल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसंख्याको बहुमत भएको घर्तीले जानकारी गराए । ‘हुन्न’ भन्ने पक्षमा शूून्य सदस्य संख्या र उपसभामुख कृष्णी थारू तटस्थ रहेकी थिइन् । नेकपा एमालेले भने सदन बहिष्कार गरेको थियो । उक्त अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे । सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै उनले संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए । रासस