महिला लघुवित्तको चौथो त्रैमाससम्मको नाफा ९ करोडभन्दा बढी

साउन २०, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ९ करोड २९ लाख ८२ हजार खुद नाफा गरेको छ ।  गत फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष १६७ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको यो नाफा रू. ३ करोड ४७ लाख १३ हजार थियो । गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि १७७ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष रू. ३ करोड ८१ लाख ७६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १० करोड ६० लाख ८५ हजार यो नाफा गरेको हो ।  सम्भावित जोखिम शीर्षकमा अघिल्लो वर्षभन्दा १४६ दशमलव ३३ प्रतिशत बढी रू. १० करोड २२ हजार रकम छुट्याउदा पनि कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।  गत वर्ष खराब कर्जा संकलनले पनि कम्पनीको नाफा बढ्न सहयोग मिलेको हो । अघिल्लो वर्ष रू. १ करोड ७० लाख २७ हजार खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १४३ दशमलव ७७ प्रतिशत बढी रू. ४ करोड १५ लाख ६ हजार यो कर्जा उठाएको हो ।  जसका कारण कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्ष रू. १२ करोड ८२ लाख ८२ हजार भएकोमा गत वर्ष ८७ दशमलव ४६ प्रतिशत बढी रू. २४ करोड ४ लाख ८३ हजार भएको छ । आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुगेको छ । गत वर्ष कम्पनीको जगेडा कोष रकम पनि ७२ दशमलव ७२ प्रतिशत वृद्धि भर्ई रू. २२ करोड ८ लाख ९६ हजार कायम भएको छ । कम्पनीले १२१ दशमलव ९४ प्रतिशत बढी रू. २ अर्ब २४ करोड ६८ लाख ७३ हजार कर्जा सापटी लिएर ९१ दशमलव ९६ प्रतिशत बढी रू. ३ अर्ब ३३ करोड ६७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निक्षेप संकलन भने साढे ४० प्रतिशत बढी रू. ९२ करोड ८० लाख ९० हजार भएको छ ।  कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव ७८ प्रतिशत रहेकोमा गत वर्ष १ दशमलव ७१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष रू. ५७ दशमलव ८६ रहेको कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष रू. ९२ दशमलव ९८ छ । 

सम्बन्धित सामग्री

६ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको समीट लघुवित्तको नाफा करीब ४ करोड

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५३ दशमलव ४८ प्रतिशत कम भएको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि सोही अनुपातमा घटेको छ । गत वर्ष रू. १३ करोड २५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड १६ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । जगेडा कोष रकम रू. २९ करोड २१ लाखभन्दा बढी कायम भएको छ । दोस्रो त्रैमाससम्म रू. १ अर्ब ४० करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ६ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ ।  कम्पनीले यस अवधिसम्म रू. ३ अर्ब ७४ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष २ दशमलव ३५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर २ दशमलव ५६ प्रतिशत पुगेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव १३ रहेको छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

आरएसडिसी लघुवित्तको नाफा ६२ % बढ्यो, ६ अर्बभन्दा बढी कर्जा प्रवाह

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ७ करोड ९४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ६२ दशमलव ३४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ४ करोड ८९ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करिब ६३ प्रतिशत बढी भएकाले खुद नाफामा बृद्धि भएको हो । गत वर्ष दोस्रो त्रैमाससम्म रू. ६ करोड ९६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ३४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजार रहेको छ । रिटेन्ड अर्निग गत वर्षभन्दा २१९ दशमलव ५९ प्रतिशत बढेर रू. १५ करोड १८ लाखभन्दा बढी पुगेको कम्पनीको जगेडा कोषमा रू. १० करोड ९३ लाखभन्दा बढी रकम सञ्चित रहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ५ अर्ब ३२ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ६ अर्ब २८ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जा सापटी २४ प्रतिशत बढेको हो भने कर्जा प्रवाह २२ प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा गत वर्षभन्दा बढेको छ । गत वर्ष शून्य दशमलव २८ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ४५ रहेको छ ।

यस वर्ष किसान लघुवित्तको नाफा २१.६३ % ले वृद्धि

माघ २६, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ६३ प्रतिशत बढी भएको हो । गत वर्षभन्दा यस वर्ष ८३ दशमलव २२ प्रतिशत बढी रू. ६ करोड ५४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले ७१ दशमलव ८४ प्रतिशत कम खराब कर्जा संकलन गरेको छ । गत वर्ष रू. २ करोड २७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू.६४ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो ।  यस वर्ष कम्पनीले गत वर्षभन्दा ४० दशमलव १२ प्रतिशत कम रकम सम्भावित जोखिमका लागि छुट्याएको छ । गत वर्ष रू. ६ करोड ७५ लाखभन्दा बढी सम्भावित जोखिमका लागि रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ४ करोड ४ लाखभन्दा बढी मात्र छुट्याएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २४३ दशमलव ५२ प्रतिशत बढी रू. ३७ करोड १३ लाखभन्दा बढी पुगेको छ । कम्पनीले यस वर्ष २८ दशमलव ३४ प्रतिशत बढी अर्थात् रू. ५ अर्ब ११ करोड कर्जा सापटी लिएको छ भने ३४ दशमलव ९६ प्रतिशत बढी रू. ६ अर्ब ७३ करोड ४२ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले २३ दशमलव ११ प्रतिशत बढी अर्थात् रू. १ अर्ब २७ करोड ९२ लाख निक्षेप संकलन गरेको छ । गत वर्ष ७ दशमलव ५० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७३ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २३ दशमलव शून्य ४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १९४ दशमलव ४४ रहेको छ । यो पनि हेर्नुस् : एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

विजय लघुवित्तको खुद नाफा रू. ६ करोड ८४ लाखभन्दा बढी

माघ २३, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६ करोड ८४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  यस वर्ष कम्पनीले गत वर्षभन्दा ६ दशमलव ११ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड २९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १२ दशमलव ३८ प्रतिशत बढी भएपनि खराब कर्जा संकलनमा कमि आएकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ८ करोड ५५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू.९ करोड ६१ लाखभन्दा बढी यो नाफा गरेको हो ।  गत वर्ष रू. २ करोड ९६ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ४७ दशमलव ११ प्रतिशत कम रू. १ करोड ५६ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३२ करोड रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड २४ लाखभन्दा बढी छ । कम्पनीले गत वर्षभन्दा ८ दशमलव १५ प्रतिशत बढी रू. ३ अर्ब १० करोड कर्जा सापटी लिएको छ भने १२ दशमलव ९६ प्रतिशत बढी रू. ४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ ।  यस वर्ष कम्पनीले १५ दशमलव ९४ प्रतिशत बढी रू. १ अर्ब ३ करोड निक्षेप संकलन गरेको छ । गत वर्ष ३ दशमलव २१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ६३ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव १३ छ ।

६ महीनामा सूर्योदय लघुवित्तको खुद नाफा ६ करोड ४४ लाखभन्दा बढी

माघ २१, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ५ दशमलव ४५ गुणा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड १८ लाखभन्दा बढी यो नाफा गरेको थियो । यस वर्ष गत वर्षभन्दा कम्पनीको सञ्चालन नाफा ८ दशमलव ६६ गुणा बढी भएको छ । गत वर्ष रू. ४७ लाख ३७ हजार मात्र सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड १० लाखभन्दा बढी यो नाफा गरेको हो ।  यस वर्ष कुल सञ्चालन आम्दानी रू. २२ करोडभन्दा बढी भएकाले सञ्चालन नाफा बढ्न गएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको कुल सञ्चालन आम्दानी रू. ७ करोड ३३ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको खराब कर्जा संकलन ४ दशमलव ३६ गुणा बढी भएको छ । गत वर्ष रू. १ करोड ४० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ६ करोड १२ लाखभन्दा बढी यो कर्जा संकलन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ५१ हजार रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड ५८ लाखभन्दा बढी छ ।  गत वर्षभन्दा ७८ प्रतिशत बढी रू. ३ अर्ब १६ करोड २७ लाख कर्जा सापटी लिएको कम्पनीले ८१ प्रतिशत बढी रू. ५ अर्ब ३ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन गत वर्र्षभन्दा ४१ दशमलव ९५ प्रतिशत बढी रू. १ अर्ब ७१ करोड ४१ लाख भएको छ ।  गत वर्ष २ दशमलव ९३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव शून्य ४ पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ७९ छ ।

मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा कमी

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा ४७ दशमलव ३२ प्रतिशतले घटेको छ । वित्तीय संस्था लिमिटेडले यस वर्ष १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो […]

महिला लघुवित्तको नाफा साढे ५० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १११ रुपैयाँ

महिला लघुवित्तको छ महिनाको नाफा सवाँ ८ करोड माथि पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म कम्पनीले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको सोही अबधिको भन्दा ५०.५० प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको त्रैमासमा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढाएर १४ करोड ४९ लाख ६० हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसैअ

सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याउँदा ६७.४० % घट्यो गणपति लघुवित्तको नाफा

माघ १२, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ९६ लाख ३७ हजार खुद नाफा गरेको छ ।  बुधवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ६७ दशमलव ४० प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २ करोड ९५ लाखभन्दा बढी थियो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ८९ प्रतिशत कम भएकाले खुद नाफामा कमि आएको हो । गत वर्ष रू. २ करोड ४८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २६ लाख ७७ हजार मात्र यो नाफा गरेको हो ।  सम्भावित जोखिम शिर्षकमा यस वर्ष रू. ३ करोड १३ लाखभन्दा बढी रकम छुट्याएकाले सञ्चालन नाफामा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले यो शिर्षकमा रू. १ करोड ४१ लाखभन्दा बढी रकम छुट्याएको थियो । कम्पनीको खुद नाफामा खराब कर्जा संकलनमा कमि आउनाले पनि असर परेको देखिन्छ । गत वर्ष यस अवधिमा रू. २ करोड १८ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. १ करोड २४ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १२ करोड ७३ लाखभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष ४३ प्रतिशत वृद्धि भई जगेडा कोष रकम रू. ६ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । गत वर्षभन्दा कम्पनीले ३७ दशमलव ९६ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ४५ करोड ४७ लाख कर्जा सापटी लिएको छ भने ३२ दशमलव २४ प्रतिशत बढी अर्थात् रू. ५१ करोड ९७ लाख निक्षेप संकलन गरेको छ ।  यस अवधिमा कम्पनीले गत वर्षभन्दा ३२ दशमलव ५६ प्रतिशत बढी अर्थात्  रू. २ अर्ब ४ करोड ४४ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव ४२ प्रतिशत पुगेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव १४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ६० रहेको छ । यो पनि हेर्नुस् : १५ % ले पूँजी बढाएको गणपति लघुवित्तको खुद नाफा करीब ७६ % बढ्यो ६ महीनामा गणपति लघुवित्त वित्तीय संस्थाको नाफा ७७ % ले वृद्धि

एनआइसी एसिया लघुवित्तको नाफा बढ्यो

काठमाडौं, ९ माघ । एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो जुन अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले बढी हो । दोस्रो त्रैमास अबधिमा संस्थाको प्रति सेयर आम्दनी (EPS) ४०.७७ पुगेको छ । कम्पनीले […]