काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५३ दशमलव ४८ प्रतिशत कम भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि सोही अनुपातमा घटेको छ । गत वर्ष रू. १३ करोड २५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड १६ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । जगेडा कोष रकम रू. २९ करोड २१ लाखभन्दा बढी कायम भएको छ । दोस्रो त्रैमाससम्म रू. १ अर्ब ४० करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ६ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
कम्पनीले यस अवधिसम्म रू. ३ अर्ब ७४ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्ष २ दशमलव ३५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर २ दशमलव ५६ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव १३ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्