माघ २१, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष ५ दशमलव ४५ गुणा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड १८ लाखभन्दा बढी यो नाफा गरेको थियो ।
यस वर्ष गत वर्षभन्दा कम्पनीको सञ्चालन नाफा ८ दशमलव ६६ गुणा बढी भएको छ । गत वर्ष रू. ४७ लाख ३७ हजार मात्र सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड १० लाखभन्दा बढी यो नाफा गरेको हो ।
यस वर्ष कुल सञ्चालन आम्दानी रू. २२ करोडभन्दा बढी भएकाले सञ्चालन नाफा बढ्न गएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको कुल सञ्चालन आम्दानी रू. ७ करोड ३३ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको खराब कर्जा संकलन ४ दशमलव ३६ गुणा बढी भएको छ । गत वर्ष रू. १ करोड ४० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ६ करोड १२ लाखभन्दा बढी यो कर्जा संकलन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ५१ हजार रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड ५८ लाखभन्दा बढी छ ।
गत वर्षभन्दा ७८ प्रतिशत बढी रू. ३ अर्ब १६ करोड २७ लाख कर्जा सापटी लिएको कम्पनीले ८१ प्रतिशत बढी रू. ५ अर्ब ३ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन गत वर्र्षभन्दा ४१ दशमलव ९५ प्रतिशत बढी रू. १ अर्ब ७१ करोड ४१ लाख भएको छ ।
गत वर्ष २ दशमलव ९३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव शून्य ४ पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ७९ छ ।