साढे ४० करोडभन्दा बढी खुद नाफा गरेको जीवन विकास लघुवित्तको वितरणयोग्य नाफा २६ करोडभन्दा बढी

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४० करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ५० प्रतिशत कम  खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८१ करोड १९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । वितरणयोग्य नाफा भने यस अवधिसम्म २६ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष ९ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष भने ३७ करोड ३४ लाख रुपैयाँभन्दा बढी भएको हो । कम्पनीको सञ्चालन नाफासमेत अघिल्लो वर्षको भन्दा ५० प्रतिशत कम ५७ करोड ८९ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ८८ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी छ । कम्पनीले गत चौथो त्रैमाससम्म १० अर्ब ३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । उक्त अवधिसम्म कम्पनीले २२ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३९ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ३४ रूपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ ७ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्तको नाफा ५८ करोड २२ लाख

२८ साउन, विराटनगर । मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्म ५८ करोड २२ लाख मुनाफा …

जीवन विकास लघुवित्तले ९ महीनामा कमायो करीब ५८ करोड नाफा

वैशाख २१, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनासम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ५७ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २ दशमलव ४२ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ५६ करोड ३९ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा भने ७१ दशमलव ६२ प्रतिशत बढी रू. ५० करोड २६ लाखभन्दा बढी भएको छ । गत वर्षभन्दा यस वर्ष खराब कर्जा संकलन ५१ प्रतिशत घटेकाले खुद नाफामा राम्रो वृद्धि हुन नसकेको हो । गत वर्ष रू. ५६ करोड ९६ लाख खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. २७ करोड ८६ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो ।  सम्भावित जोखिम शीर्षकमा पनि यस वर्ष कम्पनीले गत वर्षभन्दा ३३ दशमलव ७६ प्रतिशत कम रू. ३५ करोड २१ लाख मात्र छुट्याएको छ । आईपीओ र ७० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कर्जा सापटी ३ दशमलव ४९ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह १३ दशमलव ७३ प्रतिशत बढेको छ । यस वर्ष कम्पनीले रू. ९ अर्ब ८२ करोड ४ लाख कर्जा सापटी लिको हो भने रू. २२ अर्ब ८३ करोड ४७ लाख कर्जा प्रवाह गरेको हो । निक्षेप संकलन भने गत वर्षभन्दा १६ दशमलव ४९ प्रतिशत बढी रू. ९ अर्ब ५४ करोड ८ लाख भएको छ । गत वर्ष शून्य दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८३ प्रतिशत कायम भएको छ । कम्पनीको तेस्रो त्रैमाससम्मको प्रतिशेयर आम्दानी रू. ७४ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. २४७ दशमलव ८९ रहेको छ ।  देशभरका २१ जिल्लाहरुमा १४६ ओटा शाखा कार्यालयमार्फत कम्पनीले ३ लाख २९ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।                                                                  स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

जीवन विकास लघुवित्तको आईपीओमा १५ गुणा बढी आवेदन

असार १४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्ममा १५ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमवार साँझ पाँच बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ। जुन कम्पनीले विक्रीमा ल्याएको शेयरको १५ दशमलव शून्य ५ गुणा धेरै हो। गत असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । छिटो अवधि असार १५ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो ।  कम्पनीले सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।   यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारी सहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।

जीवन विकास लघुवित्तको आईपीओमा पहिलो दिनमै ५ गुणाभन्दा बढी  आवेदन

असार ११, काठमाडौं । प्राथमिक बजारमा शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८४४ जना आवेदकबाट रू. ९४ करोड ७१ लाख २४ हजार बराबरको ९४ लाख ७१ हजार २४० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो ।  कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओ पहिलो दिनमै विक्रि भैसकेकाले छिटो अवधि असार १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । सो अवधिभित्र आवेदन नपरेको खण्डमा भने ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको थियो । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।

जीवन विकास लघुवित्तको आईपीओ : १० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिने

असार १०, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।  कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।  कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ । यो पनि हेर्नुस् : १९ लाख ७७ हजार आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जीवन विकास लघुवित्तको वित्तीय अवस्था

जीवन विकास लघुवित्तले पायो आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

असार १, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।  बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ विक्री गर्न जेठ ३० गते अनुमति दिएको हो ।  कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणमा ६७ दशमलव ५० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ ।