यस वर्ष किसान लघुवित्तको नाफा २१.६३ % ले वृद्धि

माघ २६, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ६३ प्रतिशत बढी भएको हो । गत वर्षभन्दा यस वर्ष ८३ दशमलव २२ प्रतिशत बढी रू. ६ करोड ५४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले ७१ दशमलव ८४ प्रतिशत कम खराब कर्जा संकलन गरेको छ । गत वर्ष रू. २ करोड २७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू.६४ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो ।  यस वर्ष कम्पनीले गत वर्षभन्दा ४० दशमलव १२ प्रतिशत कम रकम सम्भावित जोखिमका लागि छुट्याएको छ । गत वर्ष रू. ६ करोड ७५ लाखभन्दा बढी सम्भावित जोखिमका लागि रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ४ करोड ४ लाखभन्दा बढी मात्र छुट्याएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २४३ दशमलव ५२ प्रतिशत बढी रू. ३७ करोड १३ लाखभन्दा बढी पुगेको छ । कम्पनीले यस वर्ष २८ दशमलव ३४ प्रतिशत बढी अर्थात् रू. ५ अर्ब ११ करोड कर्जा सापटी लिएको छ भने ३४ दशमलव ९६ प्रतिशत बढी रू. ६ अर्ब ७३ करोड ४२ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले २३ दशमलव ११ प्रतिशत बढी अर्थात् रू. १ अर्ब २७ करोड ९२ लाख निक्षेप संकलन गरेको छ । गत वर्ष ७ दशमलव ५० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७३ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २३ दशमलव शून्य ४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १९४ दशमलव ४४ रहेको छ । यो पनि हेर्नुस् : एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

सम्बन्धित सामग्री

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।गत आवको अन्त्यसम्ममा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ […]

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भए पनि खर्चमा भने वृद्धि […]

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले  वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।  यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता प

ब्याज तथा अन्य आम्दानीमा वृद्धि हुँदा ४४ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा

१२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले वृद्धि हुँदा साढे दुई अर्ब नाघेको छ । तरलता (लगानी योग्य पुँजी) अभावका बीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको सञ्चालन मुनाफा सँगै […]

ग्लोबल बैंकको नाफा २५%ले वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि गरेको हो।...

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ

कालिका पावर कम्पनीको नाफा १७ प्रतिशतले वृद्धि

काठमाडौं, २७ माघ । कालिका पावर कम्पनी लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले आज (बिहिबार) सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३६ लाख नाफा कमाएकोमा यस वर्ष ६ करोड २८ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत् विक्री […]

सिभिल बैंकले हान्यो छलाङ, ६ महिनामा १५० प्रतिशतले नाफा वृद्धि

सिभिल बैंकले व्यावसायिकतामा छलाङ नै मारेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा नै आफ्नो नाफा १५० प्रतिशतले वृद्धि गर्न सफल भएको हो । बैकले पुस मसान्तसम्ममा कुल ५० करोड रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैकले २० करोड २८ लाख रूपैयाँ मात्र नाफा गरेको थियो ।तुलनात्मक रुपमा बैंकको यश वर्ष १५० प्रतिशतले नाफा वृद्धि गरेको हो ।बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रूपैयाँ

कामना सेवाको नाफा एक अर्ब

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन नाफा को तुलनामा २१ प्रतिशतको वृद्धि गरेको छ ।बैंकले सो अवधीमा करिब एक अर्ब रुपैयाँ खुद नाफा गरेको जनाएको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ […]

साढे १० अर्बले बढ्यो वाणिज्य बैंकको नाफा

आर्थिक वर्ष २०७६/७७ मा सबै बैंकहरूले ५२ अर्ब ८० करोड रूपैयाँ नाफा गरेकोमा गत वर्ष नाफा वृद्धि भएर ६३ अर्ब ३० करोड रूपैयाँ पुगेको छ।...