रुसले थुप्रै देशको सहयोगले केही हप्ता अघि भएको त्यो सम्झौतालाई निलम्बन गरेको घोषणा गरेको छ जसअन्तर्गत युक्रेनले कुनै अवरोध बिना ब्ल्याक सीको आफ्नो बन्दरगाहबाट अन्य देशमा अन्न निर्यात गर्न सक्थ्यो । रुसको पछिल्लो घोषणा क्राइमियाको बन्दरगाह सहर सेभास्टोपोलमा रहेको ब्ल्याक सीमा आफ्नो फ्लीटमा कथित ड्रोन आक्रमणपछि आएको हो ।ती जहाजहरू अन्न निर्यात सम्झौतासँग सम्बन्धित रहेको दाबी गरेको छ । उनले पछिल्लो आक्रमणबाट उनको एउटा जहाजमा केही क्षति पुगेको पनि बताएका छन् । यस हमलाको लागि युक्रेनलाई दोष दिँदै रुस