प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म, तर उत्पादन घट्दो क्रममा

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ । पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् । मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले सङ्कलन गरेका यार्सा सङ्कलन गर्दै आएका छन्। सधैँका वर्ष झैँ यसपालि पनि उनी स्था

सम्बन्धित सामग्री

मसुरो खेती किन घट्यो ?

खाद्यबालीमा सबैभन्दा बढी निर्यात हुने मसुरोको खेती गरिने क्षेत्रफल घट्दै जान थालेको छ भने निर्यातभन्दा आयातको आँकडा उकालो लाग्न थालेको छ । कृषिमा आत्मनिर्भरताको नारा लगाइरहँदा प्रमुख निर्यातक खाद्यबालीको उत्पादन घट्नु चिन्ताको विषय हो । तराईको जमीनमा मसुरो खेती गर्न निकै सजिलो हुने भए पनि खेती गरिने क्षेत्रफल किन घटिरहेको छ भनेर सरकार गम्भीर हुनु आवश्यक छ ।  कुल कोसे बालीमा मसुरोको खेतीले ६४ प्रतिशत क्षेत्रफल ओगटेको छ । मसुरो खेतीको ९५ प्रतिशत अंश तराईले ओगटेको छ । धानबाली पछि मसुरोको खेती गरिन्छ । बगर र खाली ठाउँमा समेत मसुरो खेती गर्न सकिन्छ । अन्य बालीभन्दा यो कम झन्झटिलो हुने बताइन्छ । बजार पनि सजिलै पाइने नगदे बालीको खेतीमा किसानहरू किन विकर्षित भए भनेर अध्ययन गर्नुपर्ने देखिन्छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७६/७७ मा नेपालमा २ लाख ६२ हजार ८ सय ३५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो । त्यस वर्ष २ लाख १२ हजार ८ सय ७६ हेक्टर जमीनमा यसको खेती गरिएको थियो । त्यसपछिका वर्षहरूमा मसुरो खेती हुने जमीनको क्षेत्रफल घट्दो क्रममा छ । आव २०७८/७९ सम्म आइपुग्दा उत्पादन हुने क्षेत्रफल घटेर १ लाख ९८ हजार ४ सय हेक्टरमा सीमित भएको छ भने उत्पादन २ लाख ५२ हजार मेट्रिक टन भएको देखिन्छ । यसरी मसुराको खेती घट्दै जानुमा भारतीय मसुरो सस्तोमा उपलब्ध हुनुलाई मुख्य कारण मानिएको छ । भारतमा मसुराको उत्पादन लागत कम छ र ठूलो परिमाणमा उत्पादन हुन्छ । त्यसैले नेपाली उत्पादनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको देखिन्छ ।  मसुरो निर्यातमा सरकारले दिँदै आएको प्रोत्साहन रकम घटाउँदै गएकाले यसको निर्यात घटेको हो । निर्यात बढाउन पनि उत्पादन बढाउन आवश्यक भएकाले सरकारले किसानहरूलाई उचित प्रोत्साहन र सहजीकरण गर्नुपर्छ ।  चालू आवमा भारतमा भन्दा नेपालमा मसुरोको मूल्य बढी देखियो । भारतमा उत्पादन घटेकाले त्यहाँ मूल्य बढेको बताइन्छ । कुनै १ वर्ष बढी मूल्य पाए पनि अन्य वर्षमा भने भारतकै मसुरो बजारमा पाइन्छ । दाल चामल उत्पादकहरूले पनि भारतबाट नै मसुरो आयात गर्छन् । नेपालमा मसुरो किन्न खोज्दा नपाइएको उनीहरूको भनाइ छ । त्यसैले उत्पादन बढाउन नै सरकारले प्राथमिकता दिनु जरुरी देखिन्छ ।  विगतमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचीमा मसुरो पथ्र्यो । अहिले मसुराका निर्यात पनि घटिरहेको छ । उत्पादन नै घटेपछि निर्यात घट्नु स्वाभाविकै हो । नेपालले गत आव २०७९/८० मा ४८ करोडभन्दा बढी मूल्य बराबरको मसुरो निर्यात गरेको थियो । दश वर्षअघि अर्थात् आव २०६९/७० मा २ अर्ब ७१ करोडभन्दा बढी मूल्यको मसुरो निर्यात भएकामा त्यसयता यो घट्दै आएको छ ।  नेपालको मसुरो बंगलादेश, दक्षिण कोरिया र सिंगापुरमा निर्यात भएको हो । बंगलादेशमा विगत २० वर्षदेखि नेपाली उत्पादन भनी मसुरो निर्यात भइरहेको छ । तर, जुन परिमाणमा त्यहाँ निर्यात भएको थियो त्यो परिमाणमा नेपालमा मसुरो उत्पादन भएको पाइँदैन । अन्य मुलुकबाट आयात गरेर बंगलादेशमा मसुरो निर्यात हुँदै आएको पाइन्छ । मसुरो निर्यातमा सरकारले दिँदै आएको प्रोत्साहन रकम घटाउँदै गएकाले यसको निर्यात घटेको हो ।  निर्यात बढाउन पनि उत्पादन बढाउन आवश्यक भएकाले सरकारले किसानहरूलाई उचित प्रोत्साहन र सहजीकरण गर्नुपर्छ । यसका लागि सबभन्दा पहिला किन उत्पादन घट्यो भन्ने अध्ययन हुनुपर्छ र त्यस्तो अध्ययनको निष्कर्षको आधारमा योजना बनाउन सक्नुपर्छ । बजार नपाएको हो वा प्रविधिको प्रयोगमा समस्या ? अहिले पनि यस्ता पक्षको निक्र्योल गर्न नसक्ने हो भने नेपालको कृषिले फड्को मार्न समस्या भइरहन्छ । किसानले लाभ लिन सक्ने प्रणालीको विकास गर्ने हो भने अहिलेजस्तो विदेश जान पनि कसैले मरिहत्ते गर्दैनन् ।

१५५ प्रतिशत बढ्यो अलैंचीको मूल्य

काठमाडौं। नयाँ उत्पादन बजारमा आउन थालेसँगै गतवर्षको तुलनामा अलैंचीको मूल्य १ सय ५५ प्रतिशतसम्म बढेको पाइएको छ । यस वर्ष अलैंची उत्पादनमा गिरावट आउने देखिएसँगै एकाएक मूल्य बढेको बताइएको छ । गतवर्ष प्रतिमन (४० किलो) २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य अहिले ६९ हजार रुपैयाँसम्म पुगेको छ । नेपाल अलैंची व्यवसायी महासंघले दिएको जानकारी अनुसार गतवर्ष जेजे (१ नम्बर) अलैंचीको बजार मूल्य प्रतिमन २७ हजार रुपैयाँ थियो । उत्पादन घट्ने देखिएपछि यस वर्ष जेजे अलैंचीको मूल्य प्रतिमन ६९ हजार रुपैयाँ पुगेको छ । गतवर्ष एसडी २ (नम्बर) अलैंची प्रतिमन २५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसवर्ष एसडीको भाउ ६७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी चलनचल्ती वा ३ नम्बर अलैंची गतवर्ष २३ हजार रुपैयाँ मनमा कारोबार भएकोमा यस वर्ष यसको मूल्य ६५ हजार रुपैयाँ छ । महासंघका उपाध्यक्ष सुवास भट्टराईले दिएको जानकारी अनुसार अलैंची फुल्ने समयमा मौसममा भएको खराबी र पूर्वी पहाडी जिल्लाका केही अलैंची खेतीमा पहिरोले समेत क्षति पुर्‍याएपछि उत्पादन घट्ने देखिएको छ । उनका अनुसार यस वर्ष अलैंची उत्पादन पोहोरको तुलनामा आधा मात्र हुने अनुमान गरिएको छ । सामान्यतया नेपालमा ६ हजारदेखि ८ हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको तथ्यांक छ । पछिल्लो समय नेपालमा अलैंची उत्पादन हुने क्षेत्रफल समेत घट्दो क्रममा छ । आर्थिक वर्ष २०७५/७६ मा २० हजार ८८० हेक्टर जमिनमा अलैंची खेती गरिएको थियो । उचित बजार भाउको अभावमा त्यसपछिका वर्षमा क्रमश: घट्न थालेको खेती आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा १६ हजार ५६५ हेक्टरमा सीमित भयो । आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भएको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा भने खेती हुने क्षेत्रफल केही बढेको देखिन्छ त्यसवर्ष १७ हजार १५ हेक्टरमा अलैंची खेती गरिएको तथ्यांक छ ।  अलैंची व्यवसायी नरेन्द्र राईका अनुसार गत आर्थिक वर्षमा नेपाली अलैंचीले हलाल सर्टिफिकेट प्राप्त गरेसँगै खाडी मुलुकमा समेत निर्यातको बाटो खुलेको छ । यसअघि पाकिस्तानी र भारतीय बजारमा सीमित नेपाली अलैंची कतारलगायत अन्य खाडी मुलुकमा पुर्‍याउने बाटो खुले पनि नेपालले ती देशमा अलैंची निर्यात गर्न सकेको छैन ।  खाडी मुलुकसम्म निर्यात गर्न नेपाली निर्यातकर्ताको पहुँच नपुगेको राईले बताए । खाडी मुलुकमा निर्यातका लागि ढोका खोलिए पनि नेपालको भूपरिवेष्टित अवस्थितिले गर्दा निर्यात गर्न समस्या भएको हुन सक्ने उनको बुझाइ छ ।

अलैंचीको मूल्य १ वर्षमै दोब्बरभन्दा माथि

काठमाडौं। नयाँ फसल बजारमा आउन थालेसँगै अलैंचीको मूल्य दोब्बरभन्दा माथि पुगेको छ । यस वर्ष अलैंची उत्पादनमा गिरावट आउने देखिएसँगै मूल्य एकाएक बढेको हो । गतवर्ष प्रतिमन (४० किलो) २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य यस वर्ष ६० हजार रुपैयाँसम्म पुगेको छ । गतवर्ष जेजे (१ नम्बर) अलैंचीको बजारमूल्य प्रतिमन २७ हजार रुपैयाँ थियो । उत्पादन घट्ने देखिएपछि यस वर्ष यसको मूल्य प्रतिमन ६० हजार रुपैयाँ पुगेको छ । गतवर्ष एसडी (२ नम्बर) अलैंची प्रतिमन २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस वर्ष एसडी ५८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । त्यसै गरी चलनचल्ती (३ नम्बर) अलैंची गतवर्ष मनको २३ हजार रुपैयाँमा कारोबार भएकोमा यस वर्ष ५६ हजार रुपैयाँ मूल्य कायम भएको नेपाल अलैंची व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका उपाध्यक्ष सुवास भट्टराई यस वर्ष अलैंचीमा फूल फुल्ने समयमा पहिले खडेरी र त्यसपछि असिना पानीले चुट्नुका साथै पूर्वी पहाडी जिल्लाका केही अलैंची खेतीमा पहिरोले क्षति पुर्‍याएपछि उत्पादन घट्ने निश्चित भएको बताउँछन् । उनका अनुसार यस वर्ष अलैंची उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा ६ हजारदेखि ८ हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको तथ्यांक छ । पछिल्लो समय नेपालमा अलैंची उत्पादन हुने क्षेत्रफलसमेत घट्दो क्रममा छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा २० हजार ८ सय ८० हेक्टरमा अलैंची खेती गरिएको थियो । उत्पादनको राम्रो मूल्य नपाएपछि त्यसपछिका वर्षमा किसानले यसको खेती क्रमश: घटाउन थाले ।  आव २०७६/७७ हुँदा अलैंची खेतीको क्षेत्रफल घटेर १६ हजार ५ सय ६५ हेक्टर कायम भएको थियो । आव २०७७/७८ मा त्यो पनि घटेर १५ हजार ६ सय ६८ हेक्टर कायम भयो । आव २०७८/७९ मा भने खेती हुने क्षेत्रफल केही बढेको देखिन्छ । सो वर्ष १७ हजार १५ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको थियो । नेपाली अलैंचीले गतवर्ष हलाल सर्टिफिकेट पाएसँगै मुस्लिम बाहुल्य खाडीका धनी मुलुकमा निर्यातको बाटो खुलेको थियो । यसअघि पाकिस्तान र भारतीय बजारमा सीमित नेपाली अलैंचीका लागि कतारलगायत अन्य खाडी मुलुकमा बाटो खुले पनि व्यवसायीले ती देशमा निर्यात गर्न सकेका छैनन् । खाडी मुलुकमा पहुँच नपुग्दा निर्यात गर्न नसकिएको व्यवसायी बताउँछन् । अलैंची व्यवसायी दिनेश अधिकारीका अनुसार खाडी मुलुकमा निर्यातको ढोका खुले पनि नेपालको भूपरिवेष्टित अवस्थितिले गर्दा निर्यात गर्न समस्या छ । नेपालले निर्यात गरे पनि सम्बद्ध देशमा पुग्न लामो समय लाग्ने भएकाले निर्यातकर्ता व्यापारीले आँट गर्न सकेका छैनन् । यसले गर्दा नेपाली व्यवसायीले त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ । अहिले पनि नेपाली व्यवसायीले भारतमा निर्यात गर्ने र भारतीय व्यापारीले खाडीमा निर्यात गर्ने गरेको अधिकारीले बताए ।

बैंकिङ र होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । नेप्से परिसूचक २ दशमलव २७ अंक अर्थात् शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ८८९ दशमलव ७३ विन्दुमा कायम भएको हो । यस दिन २६९ धितोपत्रको २१ लाख ७४ हजार ९१४ कित्ता २१ हजार ८५१ पटकमा रू. ७३ करोड ९६ लाख बराबर कारोबार भएको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । बुधवार रू. ८४ करोड बराबर शेयर खरीदविक्री भएको थियो ।  यो मूल्यमा लगानीकर्ताहरूले शेयर विक्री गर्न नचाहेको र खरीदकर्ता पनि खरीद गर्न पनि राजी नभएको देखिन्छ । त्यसैले बजारमा कारोबार रकम घट्दो क्रममा देखिन्छ ।  बिहीवार सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ८५ प्रतिशत वृद्धि भई रू. ७ दशमलव ७८ पुगेको छ । त्यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०५ दशमलव ६० पुगेको हो ।  यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य १० प्रतिशत घटेर रू. ९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘एनएमबि डिबेन्चर ८.५० ∞२०८७/८८’ नामक ऋणपत्रको मूल्य ९ दशमलव ५३ प्रतिशत घटेर रू. ८८६ दशमलव ६० कायम भएको हो ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एभरेष्ट बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ७६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ताहरू आकर्षित भएको देखिन्छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रूपैयाँ १० पैसा वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड २७ लाख बराबर कारोबार भएको छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य १ प्रतिशत बढेको हो ।  कारोबारमा आएका समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ८३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २८ प्रतिशत घटेको छ । बजार घटिरहँदा लगानीकर्ताको आकर्षण बैंकिङ समूहका कम्पनीहरूको शेयरमा परेको छ । सोही कारण बिहीवार सर्वाधिक कारोबार गर्नेमा पाँच ओटा वाणिज्य बैंक परेका छन् । बैंकिङ समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा  आएकोले पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ ।

चैतेधानको क्षेत्रफल र उत्पादन दुवै घट्दै

काठमाडौं । चैते धान उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला वर्षमा चैतेधान उत्पादन हुने क्षेत्रफल र यसको उत्पादन घट्दै गएको पाइएको हो । सिँचाइ अभावले चैतेधान उत्पादनतर्फ किसानको आकर्षण नबढेको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा १ लाख २० हजार ४२ हेक्टर जमीनमा गरिएको खेतीबाट ५ लाख ६१ हजार १ सय ९७ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । आव २०७९/८० मा उत्पादन क्षेत्रफल ११ हजार ४ सय ३५ हेक्टरले घटेर १ लाख ८ हजार ६ सय ७ हेक्टरमा सीमित भएको छ । यसवर्ष चैतेधानको उत्पादन पनि २० हजार ८ सय ६६ मेट्रिक टनले घटेर ५ लाख ४० हजार ३ सय ३१ टन कायम भएको छ । चैतेधान उत्पादन घट्दै जानुमा सरकार नै प्रमुख कारणका रूपमा रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । उनका अनुसार चैतेधानको पनि समर्थन मूल्य तोकेर त्यसको सही कार्यान्वयन गर्दै समयमै सरकारले नै खरीद गर्ने व्यवस्था मिलाउन सके र मल, बीउ, सिँचाइको सुविधा दिन सके किसानले उत्पादनमा जाँगर देखाउनेछन् । प्रदेशगत रूपमा सबैभन्दा बढी चैतेधान उत्पादन प्रदेश १ मा हुने गरेको तथ्यांकले देखाएको छ । यहाँ ५८ हजार हेक्टर जमीनमा चैतेधान खेती हुन्छ । उक्त क्षेत्रफलको खेतीबाट ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यो कुल उत्पादनको आधाभन्दा बढी हो । कर्णाली प्रदेशमा सबैभन्दा कम चैतेधान उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । कर्णालीमा १ सय ९१ हेक्टर जमीनको खेतीबाट करीब साढे ८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको छ । सरकारले चैतेधान उत्पादनमा सम्भावना राम्रो रहेको बताए पनि किसानको आकर्षण घट्दै जानुमा सिँचाइको अभाव प्रमुख कारणका रूपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘धानबालीका लागि नियमित सिँचाइ हुनु अपरिहार्य हुन्छ तर चैतेधान रोप्ने समयमा आकाशबाट पानी पर्दैन । जहाँ कुलो वा नहरको व्यवस्था हुन्छ त्यस्तो ठाउँमा मात्रै चैतेधान खेती हुन्छ,’ उनले भने । चैतेधानको समयावधि (धान रोपेदेखि पाक्ने समय) पनि वर्षे धानको भन्दा करीब ३० दिन बढी हुने भएकाले अर्को बालीलाई असर गर्ने समस्या धेरै हुन्छ । यसले गर्दा किसानले यसको खेती कम गर्छन् । वर्षेधान पाक्ने न्यूनतम समय १ सय २० दिन हो भने चैतेधान पाक्ने समय १ सय ५० दिन हो । यसका साथै चैतेधानमा ओसिलोपन बढी हुने हुँदा सुकाउन प्रशस्त समय चाहिन्छ । चैतेधान थ्रेसिङ गरेर सक्नेबित्तिकै किसानले वर्षे धानका लागि तयारी गर्नुपर्ने हुन्छ । यसले गर्दा धान सुकाउन किसानलाई समय हुँदैन । चाँडो सुकाउने मेशिनको अभाव छ । उत्पादन सम्भावनातर्फ हेर्दा अहिलेकै अवस्थामा पनि १ लाख हेक्टर क्षेत्रफल बढाउन सकिने अवस्था छ । तर, विभिन्न समस्याका कारण उत्पादन बढाउन नसकिएको सञ्जेल बताउँछन् ।

तीन वर्षमा साढे ३ लाख टनले घट्यो उखु उत्पादन

काठमाडौं । नेपालको मुख्य नगदेबालीका रूपमा रहेको उखु उत्पादन पछिल्लो समय घट्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षमा साढे ३ लाख मेट्रिक टनभन्दा धेरैले उखु उत्पादन घटेको सरकारी तथ्यांकले देखाएको हो । बढ्दो उत्पादन लागत, जोखिमपूर्ण बजार, न्यून प्रतिस्पर्धी क्षमता र उधारोमा बेचेको उखुको रकम प्राप्तिमा समस्याजस्ता कारणले उत्पादन घट्दै गएको सरोकारवाला बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा नेपालमा ७१ हजार ६ सय २५ हेक्टर जमीनमा उखुखेती भएको थियो । त्यसबाट ३५ लाख ५७ हजार ९ सय ३४ टन उत्पादन भएको थियो । आव २०७७/७८ मा आइपुग्दा खेती हुने क्षेत्रफल ७ हजार २ सय ७१ हेक्टरले घटेर ६४ हजार ३ सय ५४ मा सीमित भएको देखिन्छ । उत्पादन पनि ३ लाख ७३ हजार ९ सय ९१ मेट्रिक टनले घटेर ३१ लाख ८३ हजार ९ सय ४३ टनमा सीमित भएको छ । यसबीचमा उखुको उत्पादकत्व पनि घटेको देखिन्छ । आव २०७५/७६ मा ४९ दशमलव ६ टन प्रतिहेक्टर रहेको उत्पादकत्व घटेर ४९ दशमलव ४७ टन कायम भएको छ । मन्त्रालयका अनुसार मुलुकमा व्यावसायिक रूपमा उखुखेती विस्तार गरी उच्च उत्पादकत्वसहितको गुणस्तरीय उत्पादन लिन सकिने सम्भावना प्रचुर मात्रामा हुँदाहुँदै पनि विभित्र समस्याका कारण उत्पादन घट्दै गएको हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अन्य मुलुकको तुलनामा नेपालमा उखुको उत्पादकत्व कम रहेकाले लागत मूल्य उच्च हुन गई लाभ लागत अनुपात घटेको बताए । उनका अनुसार उच्च उत्पादकत्व दिन सक्ने उखुको जात विकास तथा प्रसारमा सोचेजति प्रगति गर्न नसक्दा किसानले गुणस्तरीय जातको उखु नै पाएका छैत्र् । यसले गर्दा उत्पादकत्व र उत्पादन दुवै घट्दो क्रममा रहेको हो । पछिल्लो समय उखुको बजारसमेत जोखिममा परेको बताइएको छ । यसले पनि उत्पादनमा समस्या थपेको छ । मन्त्रालयले सार्वजनिक गरेको एक विज्ञप्तिअनुसार अहिले नेपालमा उखु खरीदकर्ताका रूपमा १३ ओटा ठूला उद्योग सञ्चालनमा छन् । सानो स्तरमा उखु उत्पादन गर्ने कृषक धेरै संख्यामा छन् । त्यसैले नेपालमा उखु उत्पादक धेरै र खरीदकर्ता सीमित छन् । बजार नियमनमा सरकारको भूमिका गौण जस्तै छ । यस्तो अवस्थामा सीमित क्रेताले साना कृषकलाई शोषण गर्न सक्ने सम्भावना उच्च हुन्छ । पछिल्लो समय नेपालमा पनि यस किसिमको असर देखापरेको छ, जसले गर्दा उखु उत्पादक किसानले उद्योगीबाट आफूले उधारोमा बेचेको उखुको रकम भुक्तानी लिन पटकपटक काठमाडौं आएर सडक आन्दोलन गर्नुपरेको छ । सरकारले उखुबालीको प्रवर्द्धन गर्न यसको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि उखुबालीमा सिँचाइ प्रवर्द्धन र उत्रत जातको बीउ स्वदेशमै विकास गर्न काम अघि बढाउने जस्ता कार्यक्रम ल्याए पनि तिनको कार्यान्वयन प्रभावकारी बनाउन नसक्दा उखु किसान अन्य बालीतर्फ मोडिन थालेका छन् । सिराहाका उखु किसान राकेश मिश्राले ४ वर्षअघिसम्म १२ बिगाहा जमीनमा उखुखेती गर्थे । पछिल्लो समय रकम भुक्तानीमा समस्यादेखि उत्रत जातको बीउ र मल अभावका कारण उनी अचेल ५ बिगाहामा मात्रै उखु खेती गर्छन् । सरकारले ढुवानीका लागि भनेर दिने गरेको ७०  रुपैयाँ अनुदान लिन पनि अर्को आर्थिक वर्षसम्म कुर्नपर्ने र उद्योगीबाट पाउने रकमका लागि काठमाडौं धाएर आन्दोलन गर्नुपर्ने झन्झटबाट मुक्त हुन किसानहरू अन्य बालीतर्फ आकर्षित हुँदै गएको उनले सुनाए । नेपालमा उत्पादित चिनीले उत्पादन लागतको हिसाबले आयातित चिनीको मूल्यसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नहुँदा पनि उत्पादनमा समस्या भएको विभित्र अध्ययनले देखाएका छन् । युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए) ले सन् २०१८ मा प्रकाशित गरेको एक प्रतिवेदनअनुसार भारत, पाकिस्तानलगायत नेपालका छिमेकी देशले चिनी र उखु उत्पादनमा उच्च अनुदान उपलब्ध गराउने भएकाले त्यसको असर नेपालको चिनी उत्पादनमा परेको छ ।

धानको गर्विलो इतिहास

सन् साठीको दशकमा भारत धान÷चामल आयात गर्ने देशमा पथ्र्यो । यही समयमा नेपाल निर्यात गर्ने मुख्य देशमध्ये एक थियो तर अहिले भारत धान÷चामल निर्यात गर्ने ठूलो देश बनेको छ भने नेपाल आयात गर्ने देश । धान उत्पादन र व्यापारको हाम्रो गर्विलो इतिहास रहेको भन्दै कृषि विज्ञ डा.राजेन्द्र उप्रेती भन्नुहुन्छ, ‘‘सन् १९६१ मा भारतले सात लाख ३६ हजार मेट्रिक टन र बङ्गलादेशले चार लाख ९१ हजार मेट्रिक टन धान÷चामल आयात गरेको बेला नेपालले दुई लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । नेपालले निर्यात गरेको चामलको त्यो बेलाको मूल्य चार करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन् १९८५ को मध्यसम्म घट्दो क्रममा चल्यो । सन् १९८५ मा आएर नेपालले एक करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।’’