शेयर बजारमा पहिलोपटक शुक्रवार कारोबार : अर्ब पनि पुगेन कारोबार रकम, लगानीकर्ताले थाहै पाएनन् ?

जेठ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक  १५ दशमलव ८२ अंकले घटेर २ हजार २३५ दशमलव ०९ बिन्दुमा झरेको छ । यस अवधिमा कारोबारमा आएका २२३ धितोपत्रको २५ लाख २४ हजार २६८ कित्ता शेयर १९ हजार १०९ पटकमा रू.९३ करोड २२ लाख ६ हजार ८४ बराबरको शेयर खरीद विक्री भएको छ । शेयर बजारको इतिहासमा पहिलो पटक शुक्रवार आज बजार खुलेको हो । नेपाल सरकारले शनिवार र आइतवार सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शेयर बजार आज देखि शुक्रवार खुला भएको हो ।  परिसूचक सँगै कारोबार रकममा कमि आएको छ । कतिपय लगानीकर्तालाई शुक्रवार बजार खुल्छ भन्ने जानकारी नभएका कारण पनि कारोबार रकम घटेको जानकारहरु बताउँछन् । यद्धपि पछिल्लो सयम बजार घट्दो क्रममा रहेको छ । वित्तीय क्षेत्रमा तरलता आभाव लगायत नितीगत केही कुराहरुले गर्दा शेयर बजार प्रभावित भइरहेको छ । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।  कारोबारमा आएका २२३ धितोपत्र मध्ये सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २ दशमलव ७३ प्रतिशत वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४६९ कायम भएको छ । त्यसैगरी दोस्रोमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य २ दशलमव ५९ प्रतिशत बढेर रू.३५१ दशमलव ९० पुगेको हो । शुक्रवार सबैभन्दा बढी शेयर मूल्य घट्नेमा तेह्रथुम पावर कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ४ दशमलव ९४ प्रतिशत घटेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४६० मा झरेको छ । त्यसैगरी दोस्रोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३ दशमलव ८९ प्रतिशत घटेर रू. ४२० कायम भएको हो । सर्वाधिक शेयर खरीद विक्री अरुण काबेली पावरको भएको छ । कम्पनीको रू. ३ करोड २ लाख बराबरको शेयर खरीद विक्री भएको छ । शेयर मूल्य प्रतिकित्ता रू.४६६ रहेको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरीको रू. २ करोड ४ लाख बराबरको भएको हो । त्यसैगरी कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक मध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ४६ प्रतिशत वृद्धि भएको हो भने बाँकी सबै समूहको समूहगत सूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा ब्यापार समूहको परिसूचक २ दशमलव ३८ प्रतिशत,अन्य समूहको २ दशमलव ०६ प्रतिशत,निर्जीवन बीमा समुहको १ दशमलव ४४ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव ३१ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३९ प्रतिशत,जीवन बीमा समुहको १ दशमलव ११ प्रतिशत,लगानी समूहको शून्य दशमलव ५८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव ३८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव २६ प्रतिशत,वित्त समूहको शून्य दशमलव ९३ प्रतिशत,विकास बैंक समूहको शून्य दशमलव ८५ प्रतिशत र बैंकिङ समूहको समूहगत परिसूचक शून्य दशमलव ४२ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि घटेर तीन अर्ब भन्दा तल

काठमाण्डौ – शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ । आज फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय ५४ वटा कम्पनीका ७७ लाख ६४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै समृद्धी फाइनान्सको नौ करोड ७० लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । समृद्धी फाइनान्सको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि लुम्बिन...

शेयर बजार सामान्य घट्याे, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।  आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।   आज कालिका लघ...

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।...

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । अस्ति आइतवार ४१ र हिजो सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से आज मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ ।  आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । दाेहाेराे अङ्कले शेयर घट्दा कारोबार रकम दुई अर्ब रुपैयाँ पनि पुगेन । दुई सय २५ कम्पनीका ३८ लाख ९० हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।  ...

शेयर बजार आज पनि घट्यो, कारोबार रकम दुई अर्ब २७ करोड रुपैयाँमा झर्‍याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि घटेको छ । नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ ।  आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।  आज बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २७ कम्पनीका ४० लाख १७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ७८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।&nbs...

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब

शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।   बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले क...

३० अङ्कले घट्यो नेप्से , ८ अर्ब माथिको शेयर कारोबार

काठमाडौँ । केही दिन यता लगातार बढिरहेको नेप्से परिसूचक आज (बुधबार) भने घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अङ्कले घटेर १८ सय ३ दशमलव ३२ अङ्कमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड […]

नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम भने २ अर्ब ७७ करोडमात्रै !

आइतवार शेयर बजारमा हरियाली छाएको छ । यद्यपी कारोबार रकम भने २ अर्ब ७७ करोडमै सीमित रहेको छ । आइतवार २७.५१ अंकले बढ्दै नेप्से परिसूचक २५८४.५२ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको बजार मापक सूचक सेन्सेटिभ परिसूचक ७.२४ अंकले बढ्दै ४९०.६८ विन्दुमा पुगेको छ । यस दिन २ सय २५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरमा ्खरिदबिक्री भएको छ ।  यस दिन व्यापार समूहबाहेक अन्य सबै समूहको शेयर सूचक बढेको छ ।  आइतवार बेस्ट फाइनान्स कम्पनी लिमिटेड र रिदी ...

शेयर बजारमा हरियाली, कारोबार रकम भने बढेन !

निरन्तर घटिरहेको शेयर बजारमा मंगलवार भने हरियाली छाएको छ । नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने बढेन । यस दिन नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । यस दिन कुल २२३ कम्पनीको २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। मंगलवार ब्यापारबाहेक सबै उपसमूह बढेको छ। यस दिन सर्वाधिक जीवन बीमा ३०७ अंकले बढेको छ। बाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ। बढेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पा...

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।...