१५५ प्रतिशत बढ्यो अलैंचीको मूल्य

काठमाडौं। नयाँ उत्पादन बजारमा आउन थालेसँगै गतवर्षको तुलनामा अलैंचीको मूल्य १ सय ५५ प्रतिशतसम्म बढेको पाइएको छ । यस वर्ष अलैंची उत्पादनमा गिरावट आउने देखिएसँगै एकाएक मूल्य बढेको बताइएको छ । गतवर्ष प्रतिमन (४० किलो) २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य अहिले ६९ हजार रुपैयाँसम्म पुगेको छ । नेपाल अलैंची व्यवसायी महासंघले दिएको जानकारी अनुसार गतवर्ष जेजे (१ नम्बर) अलैंचीको बजार मूल्य प्रतिमन २७ हजार रुपैयाँ थियो । उत्पादन घट्ने देखिएपछि यस वर्ष जेजे अलैंचीको मूल्य प्रतिमन ६९ हजार रुपैयाँ पुगेको छ । गतवर्ष एसडी २ (नम्बर) अलैंची प्रतिमन २५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसवर्ष एसडीको भाउ ६७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी चलनचल्ती वा ३ नम्बर अलैंची गतवर्ष २३ हजार रुपैयाँ मनमा कारोबार भएकोमा यस वर्ष यसको मूल्य ६५ हजार रुपैयाँ छ । महासंघका उपाध्यक्ष सुवास भट्टराईले दिएको जानकारी अनुसार अलैंची फुल्ने समयमा मौसममा भएको खराबी र पूर्वी पहाडी जिल्लाका केही अलैंची खेतीमा पहिरोले समेत क्षति पुर्‍याएपछि उत्पादन घट्ने देखिएको छ । उनका अनुसार यस वर्ष अलैंची उत्पादन पोहोरको तुलनामा आधा मात्र हुने अनुमान गरिएको छ । सामान्यतया नेपालमा ६ हजारदेखि ८ हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको तथ्यांक छ । पछिल्लो समय नेपालमा अलैंची उत्पादन हुने क्षेत्रफल समेत घट्दो क्रममा छ । आर्थिक वर्ष २०७५/७६ मा २० हजार ८८० हेक्टर जमिनमा अलैंची खेती गरिएको थियो । उचित बजार भाउको अभावमा त्यसपछिका वर्षमा क्रमश: घट्न थालेको खेती आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा १६ हजार ५६५ हेक्टरमा सीमित भयो । आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भएको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा भने खेती हुने क्षेत्रफल केही बढेको देखिन्छ त्यसवर्ष १७ हजार १५ हेक्टरमा अलैंची खेती गरिएको तथ्यांक छ ।  अलैंची व्यवसायी नरेन्द्र राईका अनुसार गत आर्थिक वर्षमा नेपाली अलैंचीले हलाल सर्टिफिकेट प्राप्त गरेसँगै खाडी मुलुकमा समेत निर्यातको बाटो खुलेको छ । यसअघि पाकिस्तानी र भारतीय बजारमा सीमित नेपाली अलैंची कतारलगायत अन्य खाडी मुलुकमा पुर्‍याउने बाटो खुले पनि नेपालले ती देशमा अलैंची निर्यात गर्न सकेको छैन ।  खाडी मुलुकसम्म निर्यात गर्न नेपाली निर्यातकर्ताको पहुँच नपुगेको राईले बताए । खाडी मुलुकमा निर्यातका लागि ढोका खोलिए पनि नेपालको भूपरिवेष्टित अवस्थितिले गर्दा निर्यात गर्न समस्या भएको हुन सक्ने उनको बुझाइ छ । 

सम्बन्धित सामग्री

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ५१५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

ऋणात्मक प्रतिसेयर आम्दानी रहेका ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

९ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुधबार १० प्रतिशत मूल्य बढेका यी ४ वटै कम्पनी दोस्रो त्रैमाससम्मको अवधिमा नोक्सानीमा छन्, जसले गर्दा ४ वटैको प्रतिसेयर आम्दानी ऋणात्मक छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त कम्पनीको मूल्य […]

फेरि बढ्यो खानेतेलको मूल्य

काठमाडौं, कात्तिक २८। रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ । हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय […]

बढ्यो सुनको मूल्य

काठमाडौँ,१५ साउन । सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

बढ्यो सुनको मूल्य

काठमाडौँ,९ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, जेठ १९ । आज सुनको मूल्य प्रतितोला चार सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन चाँदीको मूल्य बढेको हो । महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । आज ९७ हजार ६०० रुपैयाँ पुगेको छ। त्यस्तै, बुधबार […]

अचाक्ली बढ्यो इन्धनको मूल्य

काठमाडौं, जेठ ९ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। त्यसैगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन (आन्तरिकतर्फ) लिटरमा १० रूपैयाँ मूल्य बढाइएको छ। बढेको मूल्य आइतबार रातिबाट कार्यान्वयनमा आएको छ । ग्यासको मूल्य सिलिन्डरमा […]

कसरी बढ्यो तेलको मूल्य ?

काठमाडौं, ६ माघ । विश्व बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागेपछि मध्यरातिबाट लागू हुनेगरी देशभित्र मूल्यवृद्धि गरेपनि घाटा नघट्ने अवस्था बनेको छ । तेलको मूल्य प्रति ब्यारल ८९ डलर कटेको छ । हिजोभन्दा आज डेढ डलरले मूल्यवृद्धि भएको छ । आज बोनी लाइटले प्रतिब्यारल ८९.७३ डलर पुगेको छ । हिजो ८८.२४ डलर मूल्य थियो । […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको निगमले जनाएको छ […] The post फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.