चैतेधानको क्षेत्रफल र उत्पादन दुवै घट्दै

काठमाडौं । चैते धान उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला वर्षमा चैतेधान उत्पादन हुने क्षेत्रफल र यसको उत्पादन घट्दै गएको पाइएको हो । सिँचाइ अभावले चैतेधान उत्पादनतर्फ किसानको आकर्षण नबढेको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा १ लाख २० हजार ४२ हेक्टर जमीनमा गरिएको खेतीबाट ५ लाख ६१ हजार १ सय ९७ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । आव २०७९/८० मा उत्पादन क्षेत्रफल ११ हजार ४ सय ३५ हेक्टरले घटेर १ लाख ८ हजार ६ सय ७ हेक्टरमा सीमित भएको छ । यसवर्ष चैतेधानको उत्पादन पनि २० हजार ८ सय ६६ मेट्रिक टनले घटेर ५ लाख ४० हजार ३ सय ३१ टन कायम भएको छ । चैतेधान उत्पादन घट्दै जानुमा सरकार नै प्रमुख कारणका रूपमा रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । उनका अनुसार चैतेधानको पनि समर्थन मूल्य तोकेर त्यसको सही कार्यान्वयन गर्दै समयमै सरकारले नै खरीद गर्ने व्यवस्था मिलाउन सके र मल, बीउ, सिँचाइको सुविधा दिन सके किसानले उत्पादनमा जाँगर देखाउनेछन् । प्रदेशगत रूपमा सबैभन्दा बढी चैतेधान उत्पादन प्रदेश १ मा हुने गरेको तथ्यांकले देखाएको छ । यहाँ ५८ हजार हेक्टर जमीनमा चैतेधान खेती हुन्छ । उक्त क्षेत्रफलको खेतीबाट ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यो कुल उत्पादनको आधाभन्दा बढी हो । कर्णाली प्रदेशमा सबैभन्दा कम चैतेधान उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । कर्णालीमा १ सय ९१ हेक्टर जमीनको खेतीबाट करीब साढे ८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको छ । सरकारले चैतेधान उत्पादनमा सम्भावना राम्रो रहेको बताए पनि किसानको आकर्षण घट्दै जानुमा सिँचाइको अभाव प्रमुख कारणका रूपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘धानबालीका लागि नियमित सिँचाइ हुनु अपरिहार्य हुन्छ तर चैतेधान रोप्ने समयमा आकाशबाट पानी पर्दैन । जहाँ कुलो वा नहरको व्यवस्था हुन्छ त्यस्तो ठाउँमा मात्रै चैतेधान खेती हुन्छ,’ उनले भने । चैतेधानको समयावधि (धान रोपेदेखि पाक्ने समय) पनि वर्षे धानको भन्दा करीब ३० दिन बढी हुने भएकाले अर्को बालीलाई असर गर्ने समस्या धेरै हुन्छ । यसले गर्दा किसानले यसको खेती कम गर्छन् । वर्षेधान पाक्ने न्यूनतम समय १ सय २० दिन हो भने चैतेधान पाक्ने समय १ सय ५० दिन हो । यसका साथै चैतेधानमा ओसिलोपन बढी हुने हुँदा सुकाउन प्रशस्त समय चाहिन्छ । चैतेधान थ्रेसिङ गरेर सक्नेबित्तिकै किसानले वर्षे धानका लागि तयारी गर्नुपर्ने हुन्छ । यसले गर्दा धान सुकाउन किसानलाई समय हुँदैन । चाँडो सुकाउने मेशिनको अभाव छ । उत्पादन सम्भावनातर्फ हेर्दा अहिलेकै अवस्थामा पनि १ लाख हेक्टर क्षेत्रफल बढाउन सकिने अवस्था छ । तर, विभिन्न समस्याका कारण उत्पादन बढाउन नसकिएको सञ्जेल बताउँछन् ।

सम्बन्धित सामग्री

धान खेतीको क्षेत्रफल घटे पनि उत्पादन बढ्यो, औसत उत्पादन चार वर्षयताकै उच्च

काठमाडौं । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कुल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको मन्त्रालयले जनाएको छ ।  यस वर्ष धानबाली लगाइएको क्षेत्रफल पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानको उत्पादसँगै उत्पादकत्व पनि बढेको छ । ‘धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो ।’ चालु आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा चार दशमलव ४३ मेट्रिन टन प्रतिहेक्टरसहित अग्रस्थानमा र मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर पुछारमा छ । विगतका वर्ष जस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ ।  गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा र मधेस प्रदेश ऋणात्मकमा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कम बाढीपहिराबाट धान चालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ ।  मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले मधेस प्रदेशमा धानको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको देखिएको हो । सातओटै प्रदेशका कृषि मन्त्रालय, जिल्लागतरूपमा प्राप्त भएका प्रारम्भिक आँकडा र इसिमोडसँगको सहकार्यमा स्याटेलाइट इमेजको प्रयोग गरी धानबालीको तथ्याङ्क निकालिएको मन्त्रालयले जनाएको छ । रासस

सल्यानमा बर्सेनी घट्दै धान उत्पादन

सल्यान : जिल्लामा धान उत्पादन बर्सेनी घटिरहेको छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा धान उत्पादन हुने क्षेत्रफल घट्दै गएकोले धान उत्पादनमा पनि कमी आएको कार्यालयले जनाएको छ।यो वर्ष ६ हजार १२५ हेक्टरमा धान खेती गरिएकोमा २८ हजार ७६३ मेट्रिक टन उत्पादन भएको कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले बताए।रोपाइँको क्षेत्रफल घट्दा, रोग किराको प्रकोप र वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो। जिल्लामा वर्षे धान ६ हजार २९ हेक्टर, चैते धान ७ हेक्टर र घैया धान ८९ हेक्टरमा खेती गरिएको थियो ।

आलुखेती हुने क्षेत्रफल र उत्पादन बढ्दो

काठमाडौं। नेपालमा आलु उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै बढेको तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा आलुखेती हुने क्षेत्रफल र उत्पादन दुवै बढेको पाइएको हो । यसबीचमा आलुखेती हुने क्षेत्रफल ४ हजार २ सय हेक्टरले र उत्पादन करीब ३ लाख मेट्रिक टनले बढेको देखिएको छ । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा नेपालमा कुल १ लाख ९३ हजार ९ सय ९७ हेक्टर जमिनमा ३१ लाख १२ हजार ९ सय ४७ मेट्रिक टन आलु उत्पादन भएको थियो ।  आव २०७६/७७ मा १ लाख ८८ हजार ९८ हेक्टरमा गरिएको खेतीबाट ३१ लाख ३१ हजार ८ सय ३० मेट्रिक टन आलु उत्पादन भएको देखिन्छ । त्यसपछिका वर्षमा पनि उत्पादन बढ्दै गएको देखिन्छ । आव २०७७/७८ मा १ लाख ९८ हजार ७ सय ८८ हेक्टर जमीनमा ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसैगरी आव २०७८/७९ मा कुल १ लाख ९८ हजार २ सय ५६ हेक्टर जमीनमा आलुखेती गरिएको थियो । त्यसबाट ३४ लाख १० हजार ८ सय २९ टन उत्पादन भएको तथ्यांक छ ।  राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तोयानाथ जोशीका अनुसार पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले आलु सुपरजोनहरू छुट्ट्याएर काम गरिरहेको छ । साथै अधिकांश किसानले रैथाने बिउभन्दा पनी उन्नत जातको आलुखेती गरिरहेकाले उत्पादन बढेको हो । आलुलाई लामो समय भण्डारण गरेर राख्न सकिने भएकाले तत्काल बजार नपाए पनि समस्या नहुने हुँदा आलुखेतीमा किसानको आकर्षण बढेको उनले बताए । पछिल्लो समय आलु उत्पादन बढेको देखिए पनि भारतबाट हुने आयातमा भने कमी नभएको बताइन्छ । नेपालमा वर्षेनि करीब ६ करोड रुपैयाँभन्दा बढीको आलु विदेशबाट आयात हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

कर्णालीमा घट्दैछ खाद्य उत्पादन

कर्णालीमा खाद्य बालीको उत्पादन घट्दै गएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४ दशमलव ७३ प्रतिशतले घटेको पाइएको छ ।

बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान […]

क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

यस वर्ष धान उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनले धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । आर्थिक वर्ष २०७८/०७९ मा ५१ लाख ३० हजार […]

तोरी खेतीमा किसान आकर्षित,गहुँ मकै खेती उत्पादन घट्दै

एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

म्याग्दी । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । ‘यसपाली वर्षा […]

चितवनमा क्षेत्रफल बढेसँगै तोरीको उत्पादन पनि बढ्दो

मंसिर २३, चितवन । चितवनमा पछिल्ला वर्षहरुमा तोरीको क्षेत्रफल बढेसँगै तोरी उत्पादनमा पनि वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ मा १२ हजार २५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा उक्त वर्ष १२ हजार १८० मेट्रिक टन तोरी उत्पादन भएको छ ।  यस्तै, आर्थिक वर्ष ०७७/७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार २१८ मेट्रिक टन र ०७७/७८ मा १२ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोले यो वर्ष तोरीको क्षेत्रफलमा थप वृद्धि भई उत्पादन पनि सोही अनुसार वृद्धि हुने अनुमान गरिएको छ ।  ‘अहिले मौसम अनुकुल छ, तोरी राम्रो फुलेको छ, तुषारो पनि परेको छैन ।’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने । उनका अनुसार  पछिल्ला वर्षहरुमा क्षेत्रफलसँगै तोरीमा कृषकहरुको आकर्षण पनि बढ्दै गएकोले पनि उत्पादनमा पनि वृद्धि हुंँदै गएको पाण्डेले बताए ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षणसँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकोले पनि तोरीको क्षेत्रफलसँगै उत्पादनमा वृद्धि भएको बताए । ‘तोरीको मूल्य वृद्धिसँगै माग पनि बढ्यो, उनले भने, अन्य खेती छोडेर कृषकले तोरी लगाउन थाले ।’ यो वर्ष माडीमा ब्लक कार्यक्रम चलाइएको र तोरीको फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकोले तोरी उत्पादनमा वृद्धि हुने पौडेलको भनाइ छ । यसभन्दा अघिका आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसँगै तोरीको उत्पादनमा पनि घटबढ भएको छ । जसअनुसार ०७४/७५ मा १२ हजार २५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार २०० मेट्रिकन, तोरी उत्पादन र आव ०७५/७६ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार १२ हजार ३०० मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  तोरीको उत्पादकत्वमा उत्तारचढाव  चितवनमा हरेक वर्ष लगाईदै आएको तोरीबालीको उत्पादकत्वमा उत्तारचढाव आएको छ । प्रतिहेक्टर उत्पादन १ मेट्रिक टनको हाराहारीमा भएपनि मल तथा मौसमका कारण उत्तारचढाव आएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  जसअनुसार आव ०७४/७५ मा प्रतिहेक्टर उत्पादकत्व ९९५ दशमलव ८३ केजी, ०७५/७६ मा एकहजार ३ दशमलव २६, आव ०७६/७७ मा ९९३ दशमलव ८८, ०७७/७८ मा ९९६ दशमलव ५७ र चालू आर्थिक वर्षमा पनि १ हजार हुने अनुमान गरिएको छ ।  यो वर्ष गत वर्षभन्दा १० हेक्टर क्षेत्रफलमा वृद्धि भएकोले १० मेट्रिक टन बढी तोरी उत्पादन हुने अनुमान गरिएको हो । ‘मौसम, मल, क्षेत्रफल, सिँचाइको पर्याप्तता अनुसार यसको उत्पादकत्वमा पनि असर पर्छ ।’ ज्ञान केन्द्र प्रमुख पाण्डेले भने ।  चितवनमा तेलहन बालीमा तोरी, सर्स्यु, तिलबाली लगाईदै आएको छ । यहाँ स्थानीय उन्नति, प्रगति, लुम्ले १, प्रिति मोरङ जातको तोरी लगाईन्छ भने सर्स्युमा कृष्णा पुसा र पुसा बोल्ड जातको लगाईन्छ ।  चितवनमा खेती योग्य जमिनको करीब २८ प्रतिशत क्षेत्रफलमा तेलहन बाली लगाईदै आएको छ । विशेषगरी नेपालमा चितवन लगायत बाँके, बर्दिया, कैलाली, दाङ, कैलाली, मोरङ, सुनसरी र खोटाङ जिल्लामा तेलहन बाली लगाइने गरिन्छ ।

मकवानपुरमा आलुको उत्पादन घट्यो

मकवानपुरको तरकारी पकेट क्षेत्रका रूपमा रहेको थाहा नगरपालिका क्षेत्रमा आलु खेती गरिएको क्षेत्रफल वृद्धि भए पनि आलुको उत्पादन र उत्पादकत्व घटेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आलु लगाइएको क्षेत्रफल विस्तार भए पनि गत वर्षको अनुपातमा यो वर्ष असिना पानीका कारण उत्पादनसँगै उत्पादकत्वमा ह्रास आएको हो । गत वर्ष छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यो वर्ष बढेर सात सय हेक्टरमा लगाइएको छ । थाहा नगरपालिकाका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले अघिल्ला वर्षहरूको तुलनामा आलु खेती गर्ने क्षेत्रफल विस्तार भए पनि उत्पादन र उत्प...