पुलकै अभावमा लामो समयसम्म ओझेलमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेराबेँसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा यतिखेर भने समृद्धि र विकासको आशा जाग्दै गएको छ ।
तालखोला र खुदी खोलाको दोभानमा लामो समयसम्म पुल नबन्दा धेरै सम्भावना भएर पनि ओझेलमा परेको यस क्षेत्रका स्थानीयवासी यतिखेर भने पोखरा महानगरपालिका–३२ गगनगौँडा र तनहुँको शुक्लागण्डकी–२ जोड्ने गरी दोभानमा पुल निर्माण हुन थालेपछि उत्साहित बनेका हुन् ।
कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबेँसी र त्यहाँ हुँदै पुगिने पर्यटक...