नेपालमा समृद्धिको बहस वा शब्दको प्रयोग हुन थालेको लामो समय भएको छैन । विकासको स्थानमा समृद्धि शब्दको आम प्रयोग भएको गणतन्त्र आएपश्चात् मात्र हो । परन्तु, आजसम्म पनि सर्वसाधारण दुबिधामै भएको हुनुपर्छ, समृद्धि कुनै युवतीको नाम हो वा अरू केही ! विकासको स्थानमा समृद्धि शब्दको प्रयोग भएको हो भन्ने देश किन समृद्ध भएन त ? समृद्धि हासिल गर्न हामी कहाँ चुक्यौँ ? यो आजको ज्वलन्त प्रश्न हो । किनकि प्रश्न नै अग्रगतिको प्रस्थान विन्दु हो । मूलतः कारण विनाको परिणाम हुँदैन, चाहे त्यो राम्रो परिणाम होस् वा