सरल भाषामा लेख्दैमा प्रौढ अनुभूति बालकविता हुन सक्दैन

बालकविता बालबालिकाले बुझ्न सक्ने, उनीहरूकै भावना प्रधान भएको हुनुपर्छ। सरल भाषामा लेख्दैमा प्रौढ अनुभूति बालकविता हुन सक्दैन।...

सम्बन्धित सामग्री

बचत तथा ऋण सहकारीमा नेतृत्व विकास

बचत तथा ऋण सहकारीहरूको नेतृत्व रूपान्तरणकारी हुन आवश्यक छ । यसकोे नेतृत्व त्यागबाट मात्र स्थापित हुन सक्दछ । अभियानमा योगदान नगर्ने बचत तथा ऋण सहकारी व्यवस्थापनमा योगदान नभएका व्यक्तिले सहकारी अभियानको नेतृत्व लिन सक्दैन । सहकारिताको कसीमा राम्रो देखिएको व्यक्ति नै अभियानको नेतृत्वमा स्थापित हुँदा अभियानको स्थायित्व र विकासमा योगदान पुग्छ ।  योजनाबद्ध उत्तराधिकारी विकासको सिद्धान्त बचत तथा ऋण सहकारीहरूको नेतृत्व संस्थागत विकासका रणनीतिहरूको जानकार र योजनाकार हुुनुपर्छ । सहकारीहरूमा अध्यक्ष हुन उपाध्यक्षलाई तयार गर्न सरल योजना हुन सक्छ । संस्थाको व्यावसायिक रणनीतिहरू निर्माण तथा कार्यान्वयनमा जिम्मेवारी लिएको व्यक्ति जसले अभियान भोगेको छ उसलाई पछाडि पारेर नयाँ नेतृत्व स्थापित गर्दा अभियान कमजोर बनेको पाइन्छ । त्यसैले हरेक संस्थामा नेतृत्व उत्तराधिकारी विकासको दायित्व वर्तमान नेतृत्वको हुन्छ । उत्तराधिकारी विकासको लिखित योजना नै संस्थाहरूमा हुन आवश्यक हुन्छ ।   नेतृत्व विकास र उत्तराधिकारी योजना सम्मिश्रणको सिद्धान्त  सामान्य उत्तराधिकारी विकासको नियम नेतृत्व विकास र हस्तान्तरण मिश्रित ढाँचामा हुनुपर्छ वा विकासको चरणमा नै आगामी नेतृत्वको विषयमा स्पष्ट खाका आएको हुनुपर्छ । नेतृत्व विकासको अवसरमा एक जनाको सहभागिता रहने अर्को व्यक्ति नेतृत्वमा आउने हुँदा संस्थाको काममा असर पर्न सक्छ । त्यसैले संस्थाले नै नेतृत्व विकास योजनामा नै पुस्तान्तरणको योजना समावेश गर्नुपर्छ । नेतृत्वमा उत्तराधिकारी विकास फरक विषय नभएर नेतृत्व विकासको एउटा अवयव हो । त्यसैले बचत तथा ऋण सहकारी अभियानमा अध्यक्ष वा प्रमुख कार्यकारी अधिकृतको उत्तराधिकारी विकास आकस्मिक नभई नेतृत्व विकास योजनामा आधारित हुनुपर्छ ।  सबै तह र पदमा उत्तराधिकारी विकासको सिद्धान्त  बचत तथा ऋण सहकारीहरूको नेतृत्व विकास एक पद वा तहको मात्र विषय बनाउनु हुँदैन । यो आन्तरिक प्रणालीको सबै तह र पदको पुस्तान्तरणको तयारी गरिएको हुनुपर्छ । उत्तराधिकारी विकास योजनाले तल्लो तहकोलाई कम उत्प्रेरणा सृजना हुन सक्छ भने माथिल्लो तहका लागि दबाब । जसले गर्दा संस्थागत विकासमा थप योगदान पुग्छ । कुनै पनि तहमा पश्चगामी नेतृत्व हस्तान्तरणले विकासको गति कम गर्छ । धेरै संस्थाहरूको विभिन्न तहमा नेतृत्वको पुनरावृत्ति अधिक भएको पाइन्छ । यसले संस्था र सदस्यहरूको हितलाई कमजोर बनाउँछ । नयाँ नेतृत्वको नयाँ सोचले नै संस्थागत विकासमा योगदान पुग्ने अपेक्षा लिइएको हुन्छ । नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिविम्बको आत्मीकरण  नेतृत्व उत्तराधिकारी विकासमा पनि नेतृत्व विकासको चक्र नेतृत्वको अभ्यास, पृष्ठपोषण र प्रतिबिम्बको आत्मीकरणले सक्षम नेतृत्व जन्मन सहयोग पुग्छ । नेतृत्व गर्ने अवसर नपाएको व्यक्ति सीधै कुनै पदको नेतृत्वमा जाँदा भूमिका कस्तो हुन्छ परीक्षण भएको हुँदैन । त्यसैले जुन पदको नेतृत्व उत्तराधिकारी विकास गर्ने हो उक्त पदको जिम्मेवारी बुझेको नेता हुन आवश्यक छ । नेतृत्वको अभ्यास गर्ने अवसर नपाएको वा गरेको नेतृत्वमा सहकर्मीहरूको पृष्ठपोषणको अवसर नभएको वा आफैले नेतृत्व गर्दाको प्रतिविम्बको महसूस नगरेको व्यक्तिले वास्तविक नेतृत्व गर्न सक्दैन । त्यसैले संस्थागत नेतृत्वको दिगोपनका लागि निकटतम पदलाई उत्तराधिकारी विकासको पहिलो खुड्किलोको रूपमा स्वीकार गरिएको हुन्छ । खुला र पारदर्शिताको सिद्धान्त  उत्तराधिकारी विकास खुला र पारदर्शी विधिमा आधारित हुनुपर्छ । सबै तहमा उत्तराधिकारी विकासको अभ्यास स्थापित हुँदा सबैको विकासको अवसर पनि सृजना हुन्छ । खुलारूपमा छलफल, बहस र जिम्मेवारी प्रदानले नेतृत्व खारिएर आउने हुन्छ । यसले काममा प्रतिस्पर्धाको वातावरण सृजना गर्छ । पारदर्शी विधिले मात्र असल नेतृत्व स्थापित हुन सक्छ । नेतृत्व विकासको विधि पारदर्शी नभएमा वा सबैलाई समान अवसर सृजना नगरिएमा भविष्यमा पनि कार्य प्रगति कमजोर रहन सक्छ ।  सामान्य, लचिलो र विकेन्द्रित विधि र प्रक्रियाको सिद्धान्त हरेक संस्थाले नेतृत्व उत्तराधिकारी विकासको सामान्य संस्कारको विकास गर्नुपर्ने हुन्छ । यो संस्कार सरल विधिमा आधारित हुनुपर्छ । साथै प्रक्रिया लचिलो एवं विकेन्द्रित हुन आवश्यक हुन्छ । नेतृत्व विकास माथिको आदेशमा हुनै सक्दैन । कार्यक्षेत्रमा गरेको र गर्न सक्ने योगदानमा आधारित हुन्छ । त्यसैले कसैको खोजीबाट आएको नामावलीबाट स्थापित भएको नेतृत्वले भन्दा अभियानमा भिजेका नेतृत्वहरूको कार्यसम्पादन स्तर हजारौं गुणा राम्रो हुन्छ । सबै सहभागी हुन सक्ने विकेन्द्रित विधिमा आधारित भई संस्थामा आवश्यक शीप र दक्षतासमेत समेटेर आएको नेतृत्वले जतिसुकै कठिन समयमा पनि सही नतिजा निकाल्न सक्छ ।  निरन्तर अनुगमन तथा मूल्यांकनको सिद्धान्त  उत्तराधिकारी विकासको योजना कार्यान्वयनको अनुगमन अत्यावश्यक हुन्छ । उत्तराधिकारी विकास योजना अनुगमन संयन्त्र संस्थामा हुन आवश्यक छ जसले सही नेतृत्व विकासमा योगदान गर्छ । निरन्तर अनुगमन गरी आवश्यक सुधार गर्न सकियो भने मात्र नेतृत्व स्थापित हुन सक्छ । बचत तथा ऋण सहकारी अभियानमा नेतृत्वको उत्तराधिकारी महत्त्वपूर्ण विषय हो । नेतृत्व परिवर्तन नै संस्थागत विकासको आधार हो । बचत तथा ऋण सहकारी संघहरूमा एउटै पदमा एक व्यक्ति एक कार्यकाल हुनैपर्छ किनकि लाखौंको संख्यामा रहेका अभियानकर्मीहरूको प्रतिनिधित्व संघहरूले गर्न सक्नुपर्छ । यसबाट संस्थामा प्रजातान्त्रिक संस्कार विकास हुन सक्छ भने संस्थाको स्थायित्वको सुनिश्चितता हुन जान्छ । बचत तथा ऋण सहकारी अभियानकर्मीहरूले आफ्नो नेतृत्व आफै छान्न सक्ने क्षमता र अधिकार राख्नुपर्छ । यसबाट मात्र अभियान सुदृढीकरण र शुद्धीकरण सम्भव छ । नेतृत्वको असल पथप्रदर्शनले मात्र अभियान थप उचाइमा पुग्न सक्छ । निरन्तर सिकाइ, निरन्तर विकास, सादा जीवन उच्च विचार भएको व्यावहारिक रूपमा अभियानमा योगदान गरेका स्थापित नेतृत्व आजको आवश्यकता हो जुन उत्तराधिकारी योजना निर्माण र कार्यान्वयनबाट सम्भव छ ।  लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष हुन् ।

अर्थतन्त्रमा घाटा बजेट र यसको प्रभाव

सरकारले सार्वजनिक खर्च पूरा गर्न करारोपण, सार्वजनिक ऋण आदि साधनबाट पूरा मात्रामा आय प्राप्त गर्न सक्दैन, त्यसबेला घाटा बजेट ल्याउने गरिन्छ । यस्तो अवस्था युद्धकालीन अर्थव्यवस्थाको कारणबाट वा आर्थिक विकास गर्न ठूला–ठूला आयोजना सञ्चालन गर्दा आउँछ । सरल भाषामा भन्दा घाटा अर्थव्यवस्थाको अर्थ यही हो कि सरकारले आफ्नो आम्दानीभन्दा बढी खर्च गर्छ । आम्दानी र […]

जीवनदर्शन : दीर्घजीवी बन्ने सरल तरिका

प्राणायाम अत्यन्त प्रचलित शब्द हो । यसबारे बालकदेखि वृद्धसम्म सबै परिचित छन् तर प्राणायाम आफैँमा के हो र कसरी गर्ने वा गरिन्छ भन्ने कुरामा भने सबै परिचित नहुन सक्छन् । यस आलेखमा यसैबारे प्रष्ट पार्ने प्रयास गरिएको छ ।प्रकृतिले हामीलाई जीवन मात्र दिएको मात्र छैन आत्मरक्षा प्रणालीको समेत व्यवस्था गरिदिएको छ । आत्मरक्षा प्रणाली भन्नाले आन्तरिक सुरक्षा प्रणाली भन्ने बुझ्नुपर्छ, जुन बाह्य सुरक्षा प्रणाली र प्रविधिभन्दा भिन्न र प्रभावकारी छ । जहाँ बाह्य सुरक्षा प्रणाली र प्रविधिले काम गर्न सक्दैन त्यह

पढाउन नजान्ने शिक्षकलाई घर पठाइदेऊ

शीर्षक सुन्दा अलि खरो लाग्न सक्छ । विशेषगरी कार्यरत गुरुहरूलाई तीतो महसुस हुन सक्छ । तथापि, शिक्षण पेसा प्राविधिक कार्य भएकाले जसरी मेडिकल सर्जनले बिरामीको रोगलाई पत्ता लगाई निको बनाउँछन्, त्यसरी नै योग्य गुरुजनको अभावमा विद्यार्थीमा रहेका समस्याको चिरफार गरी सरल तरिकाले ज्ञान हस्तान्तरण गर्ने काम हुन सक्दैन । शिक्षाशास्त्री विलियम अथरले शिक्षणको स्तरको वर्गीकरण […] The post पढाउन नजान्ने शिक्षकलाई घर पठाइदेऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी बैठकमा नेतृत्वलाई व्यङ्ग्य : घर बनाउन नसक्नेले देश बनाउन सक्दैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे । ‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन म

पत्रकारिताका ‘मानक’ हर्ष सुब्बा

नेपाली पत्रकारिताको एउटा इतिहास बोकेका पात्र हुन् हर्ष सुब्बा । उमेरले ६७ वर्ष पुगेका उनी अहिले पनि फेसबुक पेजबाट समाचार लेखिरहेका छन् । झण्डै ५ दशक पत्रकारिता गरेरै समय बिताएका उनी हाल सुनसरीको धरानमा सक्रिय छन् । सादा जीवन र सरल स्वभावका सुब्बालाई धरानका जनमनले राम्ररी चिन्दछन् । पत्रकारिता क्षेत्रले त उनलाई कहिल्यै बिर्सन सक्दैन ।पञ्चायत कालमा गोरखापत्रमा मान्छे हेरेरमात्रै सिर्जना छापिन्थ्यो । २०२९ सालतिरको कुरा हो । पञ्चायतको विरोध गर्न युवाहरू सम्मिलित साहित्यकारहरूको क्लब निर्माण गरिएको थ

लोकदोहोरीको संरक्षण गर्न सुरु गरिएको 'दोहोरी च्याम्पियन' विवादमा

काठमाडौं :  जब बोलिने भाषामा माधुर्यता र मिठासपन आउन सक्दैन, तब जुनसुकै क्षेत्रका विशिष्ट व्यक्ति नै किन नहुन् उनीहरु विवादमा परिहाल्छन्। दैनिक जीवनमा त सरल र मिठासपूर्ण लवज हुनुपर्ने समाजको पहिलो शर्त हो। जसले उसको व्यक्तित्व झल्काउन मद्दत गर्ने बताइन्छ।तर,पछिल्लो समय नेपाली लोकदोहोरीको उनन्यन र प्रवर्द्धन गर्न भन्दै नेपाल टेलिभिजन मार्फत सुरु भएको कार्यक्रम 'दोहोरी च्याम्पियन' भने विवादमा तानिएको छ।पहिलो गाँसमै ढुंगा भनेझैं पहिलो श्रृंखलाबाटै याे कार्यक्रम विवादमा आएको हो।&nb

पिसाबबाट कृषिमल

सरकारले यो वर्ष खेतीका लागि पर्याप्त रासायनिक मल विदेशबाट ल्याउन सकेन । सर्वत्र विरोध भएपछि सरकार फेरि देशमा रासायनिक मल कारखाना बनाउने विषयमा छलफलमा जुटेको कृषि मन्त्रालयले बताएको छ । यस्तो मल कारखाना नेपालले सञ्चालन गर्न सक्छ सक्दैन भन्नेबारेमा विज्ञहरूका फरक–फरक मत पाइन्छ । यहाँ उठान गर्न खोजेको विषय भनेको रासायनिक मल कारखाना स्थापनाको अरू सरल विकल्प पो केही हुन्थ्यो कि भन्ने हो । हाम्रै देशमा पनि केही दशक अघिसम्म अप्रशोेधित दिसापिसाब कृषि मलका रूपमा प्रयोग हुन्थ्यो । पहिला ढल निकासको उचित व्यवस्था नभएको अवस्थामा सेफ्टिट्याङ्कीमा फोहोर भरिएपछि त्यसको विसर्जन खेती गर्ने जमिनमा गरिन्थ्यो । यसले फोहोरको व्यवस्थापनका साथै मलको आपूर्ति पनि हँुदै आएको थियो । यो विधि स्वास्थ्यको दृष्टिकोणबाट उचित थिएन न त व्यावहारिक नै, त्यसैले आजकल प्रचलनमा छैन । पछिल्ला दिनहरूमा सहरमा ढल निकास भएपछि शौचालयको फोहोर अन्य फोहोर सबै मिसिएर जाने भएका कारण परम्परागत विधि थप अव्यावहारिक बन्यो । त्यसलाई औद्योगिक मलले

सानो संसारका ठूला खुसीहरू

सहरिया खुसीको मानक पनि सहरिया नै हुँदोरहेछ । जटिल सहरी जीवनको खुसी पनि जटिल, दुर्वोध र दुरूह । जीवनधारामा लहरिँदै केही परिबन्द र केही रहरले खुसीको लालचमा अर्ध सहरवासी भएको म । जब सहरले अपेक्षित खुसी दिन सक्दैन, जब खुसीका गाँठाहरू फुक्नुको बदला अञ्जान रुमलोमा अल्झिन थाल्छन्, अनि याद आउँछ निर्वोध बालापन र ग्रामीण परिवेश । उसबखतको सरल जीवन र सहज वातावरणमा खुसी हुन पाइने असङ्ख्य अवसर थिए । हाम्रो शास्त्र भन्छ– दुःखका कारण हो– अज्ञान । किन्तु त्यही निर्दोष अज्ञानभित्र छरिएको थियो खुसी । चञ्चल खुसीलाई जहाँको त्यहीँ समातेर आनन्द उठाउने क्षमता राख्थ्यो गाउँले जीवन । सीमित सूचनामा पहुँच भएका किसान, मजदुर र भरिया जीवनका स्वान्त सन्तुष्टिहरू । सानो तर सुगम संसारमा पालैपालो पाइने वृहदाकार खुसीहरू । सहरिया चस्काले आक्रान्त नहुँदासम्म प्राप्त भइरहने निर्वोध र निर्दोष आनन्दानुभूति । अज्ञानभित्र विराजमान विलक्षण दिव्यज्ञान ।

गुरुको गरिमा

शैक्षिक जगत्मा गुरुको सङ्ख्या र गुरुत्वको सीमा बाँध्न कठिन छ। सच्चा मानव बन्नका लागि जीवनकालमा एक व्यक्तिले थुप्रै गुरुबाट शिक्षा आर्जन गर्छ। व्यक्तित्व विकासका लागि मात्र नभई समाज तथा राष्ट्र विकासका लागि समेत ज्ञानसँगै सिपमुखी शिक्षाका लागि गुरुको योगदान सर्वोपरि हुन्छ। आधुनिक शिक्षण सिकाइ प्रव्रिmयाका अनेक प्रारूप र प्रविधि देखा परे पनि सम्मुखमा रहेर सहज र सरल तरिकाबाट सिकाउने गुरुको तुलना अरूसँग हुन सक्दैन। आधुनिक टेक्नोलोजीबाट प्रा