सरकारले यो वर्ष खेतीका लागि पर्याप्त रासायनिक मल विदेशबाट ल्याउन सकेन । सर्वत्र विरोध भएपछि सरकार फेरि देशमा रासायनिक मल कारखाना बनाउने विषयमा छलफलमा जुटेको कृषि मन्त्रालयले बताएको छ । यस्तो मल कारखाना नेपालले सञ्चालन गर्न सक्छ सक्दैन भन्नेबारेमा विज्ञहरूका फरक–फरक मत पाइन्छ । यहाँ उठान गर्न खोजेको विषय भनेको रासायनिक मल कारखाना स्थापनाको अरू सरल विकल्प पो केही हुन्थ्यो कि भन्ने हो ।
हाम्रै देशमा पनि केही दशक अघिसम्म अप्रशोेधित दिसापिसाब कृषि मलका रूपमा प्रयोग हुन्थ्यो । पहिला ढल निकासको उचित व्यवस्था नभएको अवस्थामा सेफ्टिट्याङ्कीमा फोहोर भरिएपछि त्यसको विसर्जन खेती गर्ने जमिनमा गरिन्थ्यो । यसले फोहोरको व्यवस्थापनका साथै मलको आपूर्ति पनि हँुदै आएको थियो । यो विधि स्वास्थ्यको दृष्टिकोणबाट उचित थिएन न त व्यावहारिक नै, त्यसैले आजकल प्रचलनमा छैन । पछिल्ला दिनहरूमा सहरमा ढल निकास भएपछि शौचालयको फोहोर अन्य फोहोर सबै मिसिएर जाने भएका कारण परम्परागत विधि थप अव्यावहारिक बन्यो । त्यसलाई औद्योगिक मलले