जीवनदर्शन : दीर्घजीवी बन्ने सरल तरिका

प्राणायाम अत्यन्त प्रचलित शब्द हो । यसबारे बालकदेखि वृद्धसम्म सबै परिचित छन् तर प्राणायाम आफैँमा के हो र कसरी गर्ने वा गरिन्छ भन्ने कुरामा भने सबै परिचित नहुन सक्छन् । यस आलेखमा यसैबारे प्रष्ट पार्ने प्रयास गरिएको छ ।प्रकृतिले हामीलाई जीवन मात्र दिएको मात्र छैन आत्मरक्षा प्रणालीको समेत व्यवस्था गरिदिएको छ । आत्मरक्षा प्रणाली भन्नाले आन्तरिक सुरक्षा प्रणाली भन्ने बुझ्नुपर्छ, जुन बाह्य सुरक्षा प्रणाली र प्रविधिभन्दा भिन्न र प्रभावकारी छ । जहाँ बाह्य सुरक्षा प्रणाली र प्रविधिले काम गर्न सक्दैन त्यह

सम्बन्धित सामग्री

भीडको हिस्सा बन्ने कि जिम्मेवार नागरिक ?

फेसबुक पेजलाई ‘अनफलो’ गरिएको एक अभियान यतिखेर चर्चामा छ । आफ्ना असहमत पक्षलाई कमजोर देखाउन यो तरिका अपनाइएको बताइँदै छ । आह्वानकर्ताका समर्थकहरू यसलाई एक डिजिटल लडाइँ मान्दै आफ्नो बहादुरी देखाउन लागिपरेका छन् ।

भीडको हिस्सा बन्ने कि जिम्मेवार नागरिक ?

फेसबुक पेजलाई ‘अनफलो’ गरिएको एक अभियान यतिखेर चर्चामा छ । आफ्ना असहमत पक्षलाई कमजोर देखाउन यो तरिका अपनाइएको बताइँदै छ । आह्वानकर्ताका समर्थकहरू यसलाई एक डिजिटल लडाइँ मान्दै आफ्नो बहादुरी देखाउन लागिपरेका छन् ।

डाक्टर केसीको सत्याग्रह कि मूढाग्रह ?

डाक्टर गोविन्द केसीको सत्याग्रहलाई आम मान्छेले सत्य कुराको रक्षा वा पालनाका निम्ति गरिने आग्रह भनेर बुझेका छन् । केही मान्छे र सत्तासीनहरूले जहिल्यै केसीको सत्याग्रहलाई मूढाग्रह र विधिको शासनका विरुद्धको जिद्दी, ढिपी र व्यक्ति सर्वोपरी बन्ने तरिका भनेर आलोचना गरेका छन् । आखिर किन यति धेरै पटक जीवन नै जोखिममा राखेर डाक्टर गोविन्द केसी अड्डी कस्छन् ? के मेडिकल साहु र प्राइभेट अस्पतालका सञ्चालकहरूले भनेझैँ केसी आफैँ मेडिकल माफिया हुन् ? नेपाली विद्यार्थी विदेश तस्करी गर्नेसँग मिलेर नेपालको मेडिकल श

परीक्षाका लागि शिक्षा कि शिक्षा सुधार्न परीक्षा ?

हाम्रो शिक्षाले व्यक्तिमा सीप आर्जन गर्न सिकाएन । सिर्जनात्मक बनेर आत्मनिर्भर बन्ने तरिका सिकाएन । यो राष्ट्रिय समस्या हो । यसले उत्पादन गर्न नसक्ने मानिस पैदा गरिदियो ।

बासी दालको सेवन हुुनसक्छ खतरनाक

नेपालको भान्सा धेरैजसोको भोजनमा दाल पाक्ने गर्छ । दाल प्रोटिनको राम्रो स्रोत हो । तर, यही दाल जब बासी हुन्छ, स्वास्थ्यका लागि हानिकारकसमेत हुनसक्छ । भारतकी डाइटियिन तथा न्युट्रिसियन शिल्पा मित्तलले दाल सेवनको नोक्सानी र दाल खाने सही तरिका बताएकी छिन् ।बासी दालले बिरामी बनाउन सक्छदाल हाम्रो भोजनको महत्वपूूर्ण हिस्सा हो । प्रोटिनले भरपूर दाल सबै घरमा बन्ने गर्छ । कयौँ घरमा दुई छाकका लागि एकैपटक दाल बनाइन्छ । बचेको दाल पुनः प्रयोग गर्दा कुनै हानी त हुन्नँ तर यो प्रयोग गर्ने तरिका भने सही हुनु

धनी बन्ने सूत्र

अहिले सबैलाई रातारात धनी बन्नु छ । जान्नेहरूले त कमाइरहेकै छन् । नदी, बगर, खोलामाथि नै सही सपनाका महल पनि ठड्याइरहेकै छन् । यो लेखक जस्ता नजान्नेहरू चैं समुन्नतिका किनारामा बसेर अरूको प्रगतिको महलमुनि थुक निलेर हेरिरहेका छन् । आफूले नजाने पनि धेरै धन कमाएकाहरूसँग संगत गर्दा गर्दै छिट्टै धनी बन्ने केही सूत्र भने फेला पारेको छु, तपाईंलाई पनि सुटुक्क भन्छु है ! सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । विना लगानी रातारात नाम र दाम कमाउने सबैभन्दा सजिलो पेशा चैं लाजनीति सरी राजनीति नै हो । यसमा केवल एउटा खुवी भए पुग्छ– त्यो हो सपना बेच्ने । तपाईं जति ठूलो सपना बेच्न सक्नुहुन्छ, त्यति नै ठूलो पदमा पुग्न सक्नुहुन्छ । अनि जति ठूलो पदमा पुग्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनु हुन्छ । त्यसैले त टोले गुण्डाहरू अलिकति पैसा कमाएपछि थप कमाउन जसरी पनि राजनीतिमा छिर्छन् र पद हात पार्छन् । नत्र अर्बपति समेत राजनीतिमै छिर्न मरिहत्ते किन गर्थे त ? आफ्ना रगतमा राजनीति छैन भन्ने लाग्छ भने व्यापारमा पनि अपार पैसा हुन्छ है ! तर यसका लागि धन्धा गर्न जान्नुपर्छ । नत्र सरकार, राजस्वका कर्मचारी त मोटाउलान्, तर तपाईंको ढुकुटी चाहिँ मोटाउँदैन है ! त्यसैले व्यापारमा मालामाल हुनु छ भने विदेशबाट सुन मगाउनुस्, सुपारी झिकाउनुस् या पाम आयल आयात गर्नुस् । त्यो यहाँ आएपछि त्यसमा ‘मेड इन नेपाल’को ट्याग झुन्ड्याउन नबिर्सनुस् । अनि त्यसमा यति र उति भ्यालू एडिसन भएको भनेर लेबल पनि टाँस्नुस् र सरकारबाट छूट फुत्काउनुस् । अनि बेच्नुस् भारतमा । अन्य छिमेकी देशमा बेच्न त भारतको असल मित्रताले बाटो नै दिँदैन । यूरोप, अमेरिकातिर बेच्न चैं गुणस्तरको कुरा ल्याउँछन् गोरा मोराहरूले । हैन, काँ यो व्यापार स्यापारमा लाग्नु भन्नुहुन्छ भने घरजग्गामा लाग्नोस् । जग्गामा लगानी गर्ने पैसा छैन भने पनि चिन्ता नलिनोस् । दलाली शुरू गर्नोस् । दलाली भन्ने शब्दसँग नझस्कनोस् । किनकि यहाँ पाए र भ्याएसम्म मै हूँ भन्नेले पनि जग्गा दलाली गरेर कमिशन कुम्ल्याउन बाँकी राख्दैनन् । छोराले बाबुसँग पनि दलाली भाग खाने युगमा अरू के कुरा गर्नु ? ‘पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ’ भन्छन् । यहाँ को र कुन काममा छैन दलाली ? अझ विदेशीका पैसामा खुलेका वा चलेका कतिपय मिडिया वा पार्टी नामधारी कतिपय पसलभित्र निहारेर हेर्नुस् त, त्यहाँभित्र के के देखिन्छ । त्यसैले होला हाम्रा बाउबाजेले सकेदेखि माटोमा पैसा खन्याउनू, उम्रन्छ भन्थे । सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । तर जसलाई समात्न हिँडेको हो, आवेशमा ऊभन्दा छिटो कुद्न खोज्दा आफै लड्न नि बेर लाग्दैन है ! तपाईं भन्नुहोला कृषिप्रधान देश, जहाँ १५० मुलुकबाट वर्षमा झन्डै ४ खर्बको खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ, त्याँ जग्गा जमिन प्लटिङ गर्दै बेच्नु त ठीक होइन । हेर्नुस्, उद्देश्य त जसरी पनि पैसै कमाउनु न हो । जमिनमा तरकारी, खाद्यान्न फलाउन मल, बीउ, पानी छैन । काम गर्नेहरू सबै जवानी बेच्न मुग्लानतिर पसिसके, थप खुट्टा उचालेर बसेका छन् । अनि कसले गर्ने खेती ? बरु प्लटिङ गर्‍यो बेच्यो । विदेश जान ५ लाखमा जग्गा बेच्यो र पछि पैसा कमाएपछि त्यस्तै जग्गा २५ लाखमा किन्यो । यस्तो पो त तरिका । सरकारलाई राजस्व आउने, किन्ने, बेच्ने र बिचौलियाले टकाटक नगद पाउने व्यापार गर्न छाडेर केको खेती गर्ने नि ! तरकारी–सरकारी त त्यै जग्गा बेचेको पैसाले किनेर खाए भैहाल्छ नि । त्यसो भए सरकारले वर्षौंदेखि कृषिमा दिइरहेको अनुदान, सहुलियत ऋण कहाँ गयो भन्नुहोला । यी अनुदान, छूट सबै चुनावी रेल हुन्, जुन पटरी नबिछ्याइकनै चल्छन् । यसबाट कुनै कृषि रेल कुदाउनु नै छैन । अँ, पैसा कमाउने यसमा पनि काइदा रहेछ । झोलामै खोल्नोस् झोले कृषि कम्पनी, आफ्ना परिवारका सबै सदस्यको नाम शेयर होल्डरमा राखेर । लिनोस् बैंकबाट सस्तो ब्याजमा ऋण । सरकारी अनुदान पनि पाउन सक्नुहुन्छ । त्यै पैसा लगेर राख्नोस् कुनै सहकारीमा । बैंक पनि खुशी, तपाईं पनि खुशी । कृषिमा पनि जाँगर चल्दैन भने नेपालमा शेयर बजार जत्तिको सुरक्षित र भरपर्दो लगानीको क्षेत्र अन्त कतै छैन है ! घरै बसी कुटुकुटु नगद झर्ने । २–४ हजारमै बजारमा छिर्न सकिने, खल्तीमा सुको छैन भने पनि बैंकले मार्र्जिनमा लगानी गर्दिने । अझ आईपीओ चिट्ठा परे तुरुन्तै २ को शेयर कमसेकम ४ मा बेच्न सकिने । आफ्ना लगानी डुब्न लाग्यो भने एउटा लगानीकर्ताको समूह बनाउने र ‘हाम्रो लगानी सुरक्षित गर’ भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने । सडकमै धर्ना दिने । सरकारी हाकिमहरू तपाईंको लगानी सुरक्षित गर्न सधैं तम्तयार भैहाल्छन् र पर्‍यो भने नीति परिवर्तनदेखि बोली परिवर्तन गर्नसम्म तुरुन्तै भ्याइहाल्छन् । त्यसैले त हिजोआज कम्पनीले आफ्नो उत्पादन वा सेवा बेचेर भन्दा बढी नाफा ऋण बेचेर वा शेयर बेचेर कमाउँछन् । नत्र अहिलेसम्म टाट पल्टिएको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेका झन्डै ३० प्रतिशत हाइड्रोपावर कम्पनीहरू शेयर बजारमा अझै पावरफुल कसरी रहिरहन सक्थे होला र ? कसरी ‘इन्साइडर ट्रेडिङ’ भन्ने नबुझेका सोझा लगानीकर्तालाई ‘फुल’ बनाइरहन सक्थे होला र ? हैन यो पूँजीबजारको बारेमा ज्ञान, रुचि छैन भने सकेदेखि एउटा म्यानपावर एजेन्सी खोल्नोस् र बेरोजगार युवालाई विदेश पठाउनतिर लाग्नोस् । हाम्रा हरेक श्रममन्त्री र राजदूतसमेत त्यै व्यापारमा लागेका छन् । देशका अस्पतालहरूमा नर्सहरूको अभाव छ । तर श्रममन्त्रीले १० हजार नर्स त बेलायतै निर्यात गर्ने रे । आखिर व्यापार त व्यापारै हो । अहिलेका श्रममन्त्री त आफै व्यापारी पनि हुन क्यारे । बेच्न रामै्र जानेका छन् । कथं म्यानपावरको लाइसेन्स फुत्काउन सक्नुभएन भने आफै लाग्नोस् कुनै देशतिर । देशमा रोजगारी, व्यापार नभएर के भा छ र ? मलेसियामा सेक्युरिटी गार्ड बन्न वा कोरियातिर कुखुरै काट्न गए पनि भो । महिनामा १–२ लाख त कमाइहालिन्छ क्यारे ! गएकाहरु त्यसै भन्छन् । अरू केही गर्न सक्नुभएन भने ‘धनी बन्ने सूत्र’ भनेर एउटा किताब लेख्नुस् । किताब मारामार बिक्छ । अनि बनिँदैन त छिट्टै धनी । कसो ?

तिमीले बनाएको हतियार, तिमीमाथि नै चलाएँ - मैले के बिराएँ?

ठिक बेठिक बहस चलिरहोस् - तिम्रै तरिका, मैले अपनाएँ - मैले के बिराएँ। सिकायौं जे त्यही सिकेँ, सहि होस् गलत नै। गाली त मैले कहिले खाइन र? प्रतिनिधिसभा विघटन गरेकै हो। पार्टी फुटाएकै हो। तै पनि ज्योतिषले सात पटक भनेकै छन् प्रधानमन्त्री बन्ने। तिमीले हराए पनि तिम्लाई नै उल्ट्याएँ। तिमीले…

असल मान्छे बन्ने तरिका

प्रसङ्ग झण्डै पौने दुई सय वर्ष अघिको हो । अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको सोह्रौँ राष्ट्रपति हुन् । सन् १८०९ मा गरिव परिवारमा जन्मेका लिङ्कन सन् १८६१ देखि १८६५ सम्म अमेरिकाको राष्टपति भएका थिए । उनले राष्ट्रपति भएपछि रक्षामन्त्रीमा आफ्ना कट्टर बिरोधी व्यक्तिलाई नियुक्त गरेका थिए, जसलाई उनका एक हितैषी मित्रले पचाउन सकेनन् र सम्झाउँदै भने–‘के गर्दै हुनुहुन्छ यो ? यी व्यक्ति कस्ता हुन् भन्ने थाहा छैन ? आफ्नै बिरोधी व्यक्तिलाई टिममा राखेर कसरी काम ग

निरोगी बन्ने १२ तरिका

स्वास्थ्य नै सम्पत्ति हो । त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ ।  तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी...