काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् । शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौँको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए। बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए […]