पर्वत : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनको लागि गत भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित आचारसंहिता कार्यान्वयनमा आएको हो।आचारसंहिता कुन कुन पक्षले के के कुराको पालना गर्नुपर्ने भन्ने कुराहरू उल्लेख गरिएका छन्। निर्वाचन आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, नेपाल सरकार