स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगका लागि डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनको विषय चुनौतीको विषय बनेको छ । सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लंघनका घटना व्यापक बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गरी काम अघि बढाएको आयोगका उप–सचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् ।अर्याल भन्छन्, ‘सामाजिक सञ्जालमा आउने नकारात्मक, गलत तथा तथ्यहीन सूचना नियन्त्रण गर्न कठिन रहे पनि आयोगको संयन्त्रले जतिसक्दो काम गर्ने र आचारसं