काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । स्थानीय तहको चुनावका लागि निर्वाचन आचारसंहिता २०७८ राजपत्रमा प्रकाशित भएको हो ।
आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेता–कार्यकर्ता, सरकारी कर्मचारी, प्रहरी, पत्रकार, सञ्चारमाध्यम, संवैधानिक निकाय, सरकारी/गैरसरकारी संस्था, मतदाता, पर्यवेक्षकलगायतले पालना गर्नुपर्ने प्रावधान उल्लेख छन् । आचारसंहिताअनुसार अहिले स्थानीय तहको जनप्रतिनिधि रहेका व्यक्तिले फेरि उम्मेदवार बन्नका लागि मनोनयन दर्ता गर्नुअघि नै र...