स्थानीय चुनावलाई ८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई

निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने जनाएको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमन टोली खटाउन लागेको जानकारी दिए ।उनले सामाजिक सञ्जालमा भइरहेको विकृतिहरुलाई अनुगमन गर्न आयोगले एउटा टोली बनाएको र आइतबारदेखि सो टोलीले अनुगमनलाई अघि बढाउने जानकारी गराए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले स्टुडियोमा बसेर गरेको कुराकानी पन