काठमाडौं : स्थानीय तह सदस्यका लागि मतदान गर्ने दिन नजिकिँदै जाँदा आचारसंहिताका घटना बढेका छन्। निर्वाचन आयोगमै पुगेर आचारसंहिता पूर्णपालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका राजनीतिक दल तथा उम्मेदवारबाटै पनि यस्ता गतिविधि भइरहेका हुन्। आचारसंहिता उल्लंघनका केही घटना आयोगको नजरमा परिसकेको छ भने फोटो, भिडियोसहित प्रकाशित समाचार, सामाजिक सञ्जाल र उजुरीको आधारमा आयोगले स्पष्टीकरण पनि मागिरहेको छ। आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना