उपत्यकाबाहिर अब लामा, मध्यम तथा छोटा दूरीका सवारी नयाँ बसर्पाकबाट मात्र सञ्चालन हुन थालेका छन् । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि यो नियम लागू गरेसँगै लामा तथा छोटा दूरीका सवारी बसर्पाकबाट सञ्चालन भएका हुन् । महानगरले बिहीबार श्रेष्ठकै संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले यात्रुहरू बीचमा चढाउने, उतार्ने विषयमा उपयुक्त स्थान तोक्नेछ । उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्ने जनाइएको छ ।