ललितपुरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी अलग भएको छ । स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्ने क्रममा काँग्रेस र माओवादी केन्द्रले मात्रै भागबण्डा गरेपछि नेकपा समाजवादी गठबन्धनबाट अलग हुँदै ललितपुर महानगरको मेयर उपमेयरसहितका स्थानीय तहमा छुट्टै उम्मेदवार उठाउने तयारीमा लागेको हो ।पाँच दलीय गठबन्धनको बागमतीस्तरीय संयन्त्रले जिल्लाका कुनैपनि स्थानीय तहमा प्रमुख र उपप्रमुख नदिएपछि आफ्नो पार्टीले छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार