एमालेबाट काँग्रेसले खोस्यो पुतलीबजारका मेयर–उपमेयर

स्याङजाको पुतलीबजार नगरपालिकाको मेयर–उपमेयर नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका तुलसीराम रेग्मीले एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराएका हुन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।उपमेयरमा पनि काँग्रेसकै देवी अर्याल निर्वाचित भएकी छिन् । अर्यालले एमालेका महेश पुरीलाई ९ सय ४७ मत पराजित गरेकी हुन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा प