५ जेठ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको मेयर उपमेयर दुवै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ । मेयरमा प्रदीपकुमार खड्का ६ हजार ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले ५ हजार ७४७ मत पाए । यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भइन् । उनले ५ हजार ८०८ मत पाइन् । […]