सपोर्ट लघुवित्तमा पाँच जना सञ्चालक निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चैत १७ गते सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पाँचा जना सञ्चालकमा निर्वाचित भएका हुन । संस्थापक शेयरधनी तर्फ रित्त रहेको ४ सञ्चालक पदमा महेश कुमार पोखरेल,पुनित कुमार सारडा,सुमित अधिकारी र होम शंकर दाहाल तथा सर्वसाधारण शेयरधनी तर्फ रित्त रहेको सञ्चालक पदमा दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।  साथै कम्पनीको अध्यक्षमा महेश कुमार पोखरल चयन भएका छन् । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पोखरेललाई चयन गरेको हो । 

सम्बन्धित सामग्री

सपोर्ट लघुवित्तमा पाँच जना सञ्चालक निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चैत १७ गते सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पाँचा जना सञ्चालकमा निर्वाचित भएका हुन । संस्थापक शेयरधनी तर्फ रित्त रहेको ४ सञ्चालक पदमा महेश कुमार पोखरेल,पुनित कुमार सारडा,सुमित अधिकारी र होम शंकर दाहाल तथा सर्वसाधारण शेयरधनी तर्फ रित्त रहेको सञ्चालक पदमा दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।  साथै कम्पनीको अध्यक्षमा महेश कुमार पोखरल चयन भएका छन् । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पोखरेललाई चयन गरेको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले भट्टचनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गत आइतबार काठमाडौंमा सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले भट्टचनलगायत ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको थियो । मंगलबार सर्वसहमतिबाट अध्यक्षमा चयन भएसँगै भट्टचन जीवन बिमा क्षेत्रकै सबैभन्दा […] The post प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युनाइटेड अजोडको सञ्चालक समिति गठन, अध्यक्षमा श्रेष्ठसहित ६ जना सञ्चालक चयन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आजाद श्रेष्ठसहित ६ सञ्चालक चयन भएका छन् । साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट तीन जना र साविक युनाइटेडको तर्फबाट तीन जना सञ्चालक नियुक्त भएका हुन् । साविक युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रनवकुमार दास, बलराम खनाल र विल्सनमान रञ्जित छन् । त्यस्तै साविक अजोडको तर्फबाट अध्यक्षमा श्रेष्ठसहित मेजर रामबहादुर गुरुङ र पानुदत्त पौडेल चयन भएका छन् । प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्त हुनेछन् भने साविक युनाइटेडका अध्यक्ष रवि भक्त श्रेष्ठ सञ्चालक समितिबाट बाहिरिएका छन् । उनीसँगै युनाइटेडबाट प्रियङ्का श्रेष्ठ र रविन्द्रराज पन्त पनि बाहिरिएका छन् । त्यस्तै साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट चिरञ्जीवी दावा, सृजना सुवेदी र भानुप्रसाद पौडेल पनि बाहिरिएका हुन् ।   दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रक्रिया टुङ्ग्याएका हुन् । दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

शिवम् सिमेन्ट्सको नयाँ सञ्चालक समितिमा ५ जना, अध्यक्षमा गौरव गोयल

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले  नयाँ सञ्चालक समिति चयन गरेको छ ।  कम्पनीको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पाँच सञ्चालक निर्वाचित भएका थिए । सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई नयाँ सञ्चालकमा निर्वाचित गरेको छ । निर्वाचित नया सञ्चालकहरूको पहिलो बैठकले गौरव गोयललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । हाल कम्पनीमा एक जना स्वतन्त्र सञ्चालकसहित ६ सदस्यीय सञ्चालक समिति रहेको छ । नेपाल सरकारका पूर्व सचिवसमेत रहेका चन्द्र कुमार घिमिरे सञ्चालक समितिमा स्वतन्त्र व्यवसायिक विशेषज्ञको पदमा नियुक्त छन् । सभाले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णयलाई समेत अनुमोदन गरेको छ ।   सभाले सञ्चालक निर्वाचनसँगै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो ।  कम्पनीले वितरण गरेको पाँच ओटा आर्थिक वर्षको लाभांशको तथ्याङ्कलाई हेर्दा गत वर्ष हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले २९ प्रतिशत कर समेत लाभांश वितरण गरेको थियो।

एनआइसी एसिया बैंकको अध्यक्षमा अग्रवाल

एनआइसी एसिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल चुनिएका छन् । अग्रवाललाई बैंकको नवनिर्वाचित सञ्चालक समितिले सर्वसम्मत चयन गरेको हो ।  आइतबार काठमाडौंमा सम्पन्न भएको बैंकको साधारणसभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ ।...

नेप्सका नवनियुक्त अध्यक्ष नेपालले लिए सपथ

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंसिर २७ गते सम्पन्न कम्पनीको ८ औं वार्षिक साधरणसभाबाट शेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु चयन भएका थिए । जसमध्येबाट उनी सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए । नव नियुक्त अध्यक्ष नेपालले भुक्तानी […]

सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

सानिमा बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  पौडेलले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।  बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो । बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गाय...

सिनर्जी पावरको अध्यक्षमा थापा

काठमाडौं, २१ भदौ । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले अध्यक्षमा इन्द्र बहादुर थापालाई चयन गरेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितीको बैठकबाट अध्यक्षमा थापा चयन भएका हुन् । सोही बैठकले कम्पनीको प्रबन्धक सञ्चालकमा सुरेन्द्र बहादुर खड्कालाई समेत नियुक्त गरेको छ । भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभामा एक जना महिला सहित ६ […]

सिनर्जी पावरको अध्यक्षमा इन्द्र बहादुर थापा चयन

भदौ २०,काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् ।  भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा थापालाई चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।साथै सोही बैठकले सुरेन्द्र बहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको  छ ।  गत भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभामा एक जना पहिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा कुनै पनि महिला शेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा नरु के.सी कार्कीलाई नियुक्त गरेको कम्पनीले बताएको छ ।  हाल कम्पनीको सञ्चालक समितिको  अध्यक्षमा इन्द्र बहादुर थापा,प्रबन्ध सञ्चालकमा सुरेन्द्र बहादुर खड्का र सञ्चालकहरुमा प्रकाश कुमार अधिकारी,गोपाल प्रसाद आचार्य र निरु के.सी कार्की रहेका छन् ।