सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

सानिमा बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  पौडेलले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।  बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो । बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गाय...