काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आजाद श्रेष्ठसहित ६ सञ्चालक चयन भएका छन् । साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट तीन जना र साविक युनाइटेडको तर्फबाट तीन जना सञ्चालक नियुक्त भएका हुन् ।
साविक युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रनवकुमार दास, बलराम खनाल र विल्सनमान रञ्जित छन् । त्यस्तै साविक अजोडको तर्फबाट अध्यक्षमा श्रेष्ठसहित मेजर रामबहादुर गुरुङ र पानुदत्त पौडेल चयन भएका छन् ।
प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्त हुनेछन् भने साविक युनाइटेडका अध्यक्ष रवि भक्त श्रेष्ठ सञ्चालक समितिबाट बाहिरिएका छन् ।
उनीसँगै युनाइटेडबाट प्रियङ्का श्रेष्ठ र रविन्द्रराज पन्त पनि बाहिरिएका छन् । त्यस्तै साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट चिरञ्जीवी दावा, सृजना सुवेदी र भानुप्रसाद पौडेल पनि बाहिरिएका हुन् ।
दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रक्रिया टुङ्ग्याएका हुन् । दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।