माघ १६, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा माघ १४ गते धादिंगको नौबिसेस्थित एग्रो रिसोर्टमा सम्पन्न भएको हो । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले चार जना सञ्चालकलाई निर्वाचित गरेको छ ।
सञ्चालकमा पिताम्वर प्रसाद आचार्य,निरज कुमार बस्नेत डनिल,हरिकृष्ण सुवेदी र बेद प्रसाद सिवाकोटी निर्वाचित भएका हुन । साथै माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले पिताम्वर प्रसाद आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनमा उल्लेख छ ।