भदौ २०,काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् ।
भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा थापालाई चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।साथै सोही बैठकले सुरेन्द्र बहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको छ ।
गत भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभामा एक जना पहिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा कुनै पनि महिला शेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा नरु के.सी कार्कीलाई नियुक्त गरेको कम्पनीले बताएको छ ।
हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा इन्द्र बहादुर थापा,प्रबन्ध सञ्चालकमा सुरेन्द्र बहादुर खड्का र सञ्चालकहरुमा प्रकाश कुमार अधिकारी,गोपाल प्रसाद आचार्य र निरु के.सी कार्की रहेका छन् ।