आठ कम्पनीको १८ लाखभन्दा बढी कित्ता संस्थापक शेयर एकै पटक लिलामीमा

काठमाडौं । चार वाणिज्य बैंकसहित आठ कम्पनीको १८ लाख २३ हजार ४६० कित्ता संस्थापक शेयर पुस ११ गतेदेखि लिलामीमा आएको छ । प्रभु बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, आइसिएफसि फाइनान्स, नेपाल लाइफ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन लाइफ इन्स्योरेन्स, कुमारी बैंक र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा आएको हो । यी शेयर खरीदका लागि सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले पुस १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । प्रभु बैंकले ६८ हजार ७२९ कित्ता संस्थापक शेयर प्रतिशेयर ११० रुपैयाँमा विक्रीमा ल्याएको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २ लाख ४ हजार ५३७ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँमा, आइसिएफसि फाइनान्सले १ लाख ९३ हजार २२८ कित्ता शेयर प्रतिकित्ता १७५ रुपैयाँमा, नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता शेयर प्रतिकित्ता ३२५ रुपैयाँमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ९ हजार ६७८ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँमा, हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख २४ हजार ८३३ कित्ता शेयर प्रतिकित्ता २०० रुपैयाँमा, कुमारी बैंकले ५ लाख ४९ हजार ६२६ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ र प्राइम कमर्सियल बैंकले ४९ हजार ७१७ कित्ता शेयर प्रतिकित्ता ११० रुपैयाँमा विक्रीमा ल्याएको हो । प्रभु बैंक, प्राइम कमर्सियल बैंक र शाइन रेसुङ्गाको शेयर खरीदका लागि न्यूनतम ५ हजार कित्ता र कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम २५ हजार कित्ता खरीद माग गर्न सकिनेछ । अघिकतम कित्ताका लागि सीमा तोकिएको छैन । बाँकी चार कम्पनीको शेयर खरीदका लागि भने न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यी कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले पुस ११ गतेपछि सार्वजनिक हुने लाभांश र हकप्रद शेयर प्राप्त गर्नेछन् । यी शेयर विक्री प्रबन्धकहरूमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

सम्बन्धित सामग्री

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ११ कात्तिक । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान शेयरधनीहरुमा विक्रिमा ल्याइएका संस्थापक शेयर ९२ हजार १६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता शेयर २५० रुपैयाँ निर्धाण गरेर कात्तिक १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको जनाएको छ । उक्त […]

लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा

१७ भदौ, काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा खुला भएको छ । बैंकका एक स.स्थापकले शेयर बिक्री गर्न चाहेपछि पहिलो पटक संस्थापकहरुका लागि शेयर लिलामीमा खुला भएको हो । हाल कायम संस्थापक शेयरधनीहरुले लिलामीमा सहभागीता जनाउन सक्नेछन् । पहिलो चरणमा संस्थापकहरुले खरिद नगरेको वा पर्याप्त आवेदन नपरेको खण्डमा भने सर्वसाधारणहरुका लागि लिलामीमा खुला […]

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ८ भदौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि मंगलवारदेखि ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर भदौ २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी आजदेखि लिलामीमा ल्याएको जनाएको छ । प्रतिशेयर मुल्य प्रतिकित्ता ६ सय ८५ रुपैयाँ तोकिएको हुनाले […]

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ४ भदौ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आजदेखि लिलामीमा ल्याएको शेयरमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ६ सय ३ रुपैयाँ निर्धारण गरिएको […]

आजदेखि आरएमडिसी लघुवित्तको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, १९ साउन । आजदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर आज (मंगलबार) देखि पुनः लिलामीमा ल्याएको हो । पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता ५ […]

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, १९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो । कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि […]

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर आजबाट लिलामीमा

काठमाडौं, ५ साउन । आजदेखि प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा भएको प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले शेयर खरिदको लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम ५ हजार देखि अधिकतम […]

आजदेखि नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं, ५ साउन । आजदेखि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले शेयर खरिदको लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम ५ हजार देखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था […]

नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १२ सय २१ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी […]