माघ ६, काठमाडौं । प्रडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेका ७ ओटा कम्पनीको संस्थापक शेयर आज (बुधवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।
क्यापिटलले प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, आईसीएफसी फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलाीमा ल्याएको हो ।
आवेदकले यी सातओटै कम्पनीहरुको संस्थापक शेयरमा माघ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यसभन्दा अगाडिनै कम्पनीले ३५ दिने सूचना प्रकाशित गरीसकेको हुँदा यसै सूचनाद्वारा विद्यमान संस्थापकहरुलाई जानकारी गराएको छ ।
क्यापिटलले प्रभु बैंकको ४६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १७५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
त्यसैगरी, प्राइम कमर्शियल बैंकको शेयर न्यूनतम मूल्य प्रतिकित्ता रू. १९०, कुमारी बैंकको रू. १७५, आईसीएफसी फाइनान्सको रू. २५०, नेपाल ग्रामीण विकास लघुवित्तको रू.४००, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९४ र नेपाल इन्स्योरेन्सको रू. ४५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।